एकाबिहानै,
पत्रिकाको हेडलाइनमा देखियो,
शिर्षक : देश बिक्रीमा छ ।
उ त्यही अधिकृत हो,
जसको दृस्टीको दुरतामा
स्वार्थको पर्दा लागेको छ ।
जसको लोभ र मोहको अहमताले
लाज र डरपनि भागेको छ।
हो उ त्यही अधिकृत हो,
जसले निति र नियमहरुलाइ पैतालामुनि अनि
सुशासन र इमान्दारीतालाइ
कहिल्यै प्रयोग नगर्ने कलम भित्र को मसी बनाएर
राखिरहेछ कोटको खल्तिमा ।
अनि खुलेआम लुटिरहेछ आफ्नै देश ।
अब भोलि एउटा समाचार बन्नेछ,
शिर्षक : देश बिक्रीमा छ ।
पहाडले प्रकृतिको दुःख बोक्दै रुन्छन्
काइँला र माइला दाइ पहाड जत्रा दुःख बोक्दै रुन्छन्
त्यसैले त प्रजातन्त्रको घाम झुल्किएन
बरु देखियो अस्ताउन लाएको घाम।
राजनीतिले भनुँ या के ले भनुँ
देश भ्रष्टाचारको दलदलमा फसेको छ।
हुन त राजनिति र भ्रष्टाचारको मात्र के कुरा गर्नु
यहाँ दलालहरुको पनि कमि छैन
आज एउटा जिल्ला बिक्रीमा राख्छन्
अनि भोलि फेरि अर्को अञ्चल ।
गर्दागर्दै
देश नै लिलामी हुनेछ एकदिन ।
अनि पर्सि पनि फेरि एउटा समाचार बन्नेछ
शिर्षक : देश बिक्रीमा छ । राष्ट्रिय झण्डामुनि बसेरै पनि
कर्मचारीले देश लुटेकै छन् ।
कुनैदिन कालो धन बटुल्दा बटुल्दै,
हातभरी कालो लागेकै बेला समातिने छन्,
अनि जल्नेछन् पस्चातापको भुङ्रोभित्र !
सम्झनेछन् आमा !
साच्चै यिनीहरुले पहिल्यै बुझ्नुपर्थ्यो कि
आखिर देश र आमा उस्तै हुन् ।
आखिर देश र आमा उस्तै हुन् ।
सविना पौडेल, पोखरा, कास्की।
दियो खबर । २३ बैशाख २०७८, बिहीबार १९:२५