दियो खबर संवाददाता कालिकोट भाद्र २९ कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ श्री जनप्रभात मा.वि.श्रीकोट लालुमा प्रशासन सहायक (लेखापाल)जनक बहादुर विष्टको हृदयघातका कारण असामहिक दु:खत निधनभएकाले नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति कालिकोट स्तब्ध र मर्माहत भएको छ।यस दु:खत घटनालाइ राजनिती रुपलिएर मृतकको लास माथि राजनिती गर्ने निहितले जननिर्वाचित वडा नम्बर ८का वडाध्यक्ष लोगे विष्टले दिएको अभिव्यक्ति प्रति नेपाल शिक्षक संघको गम्भीर ध्यानाकर्षण भएको छ। घटनासंग नाम जोडिएका नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति कालिकोटका सचिव वुद्विसिहं विष्ट र जनप्रभात मा.वि लालुका प्रधानाध्यापक निर्मल कुमार विष्ट लाई राजनीतिक आस्थाका आधारमा लगाईएको आरोपको घोर भ्रत्सना गर्दछाैं। उक्त घटनामा आरोपित शिक्षक नेता द्वयको जीवन रक्षाको लागि स्थानीय सरकार संग जोड्दार माग गर्दछौं विज्ञप्तिमा भनिएको छ।
नेपाल शिक्षक संघको विज्ञप्ति
तपाईको प्रतिक्रिया
दियो खबर । २९ भाद्र २०७७, सोमबार ०७:१६