तुलराज पाण्डे । कालिकोट जिल्लाको होटल चन्दसुर्यमा विश्व क्षयरोग दिवस सम्बन्धि संचारकर्मी संङ्गको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तरक्रिया कार्यक्रममा पछिल्लो समय कालिकोट जिल्लामा क्षयरोगका बिरामी हरु घट्दो क्रममा रहेको पाईएको छ ।
आर्थिक बर्ष २०७५/०७६ मा १३५ जना क्षयरोगको लक्षण सहितका बिरामीहरु थिए भने २०७६/०७७ मा ७३ जना मात्र क्षयरोगका बिरामीहरु रहेको र २०७७।७८ मा ४३ जना मात्र क्षयरोगका बिरामी रहेको स्वास्थ्य सेवा कार्यालय कालिकोटको तथ्याङ्कमा उल्लेख गरीएको छ ।
सूचना अधिकारी कटक बहादुर महतले बताए ।
गत बर्षमा कर्णाली प्रदेशका ५२ जनाको र कालीकोटमा २ जनाको क्षयरोग बाट मृत्यु भएको थियो ।
विश्व क्षयरोग दिवस सम्बन्धि संचारकर्मी संङ्गको अन्तरक्रिया
तपाईको प्रतिक्रिया
दियो खबर । ११ चैत्र २०७७, बुधबार २१:००