दियो खबर संवाददाता
कालिकोट २८भाद्र
कालिकोट जिल्लाको खाडाचक्र नगरपालिकामा मलेरीया संक्रमित देखिन थालेको छन । केही वर्ष पहिले तराइमा लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग बिस्तारै पहाडी इलाकामा पनि देखिन थालेको हो । कालिकोट जिल्लाको खाडाचक्र नगरपालिकाको वडा नम्बर २ का विरामिलाई जिल्ला अस्पताल कालिकोटको प्रयोगशालामा चेकजाँच गर्ने क्रममा बाहिरबाट आयातित एक जना र चार जना स्थानीयमा मलेरीया देखिएको हो । न्युनिकरण गर्नका लागी माहामारी तथा रोग नियन्त्रण माहासाखा बाट डाक्टर मदन कोइरालाको नेतृत्वमा चिकित्सकीय अनुसन्धान टोली कालिकोट आएको छ । टोलीले खाडाचक्र नगरपालिकाको वडा नम्बर २का दलित बस्तीमा गएर उपचारगरि रहेको छ । मान्छेबाट मान्छेमा नसर्ने यो रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्ने स्वस्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवालले जानकारी दिनु भयो । यो रोगले संक्रमण गरेपछि उच्च ज्वरा,े काम्ने ज्वरो , पसिना आउने पटक पटक ज्वरो आउने छोड्ने जस्ता लक्षण देखिन्छन । गत वर्ष पनि वर्षातको समयमा सोही बस्तीमा तिन जनामा आयातीत मलेरीयाका बिरामी देखिएका थिए । स्वास्थ्य उपचार पछि नियन्त्रण भएको थियो । यसबाट बच्न झुल लगाएर सुत्ने,पानी जम्ने घर नजिकका खाल्डाखुल्डी पुर्ने , घर नजिकमा झारी हटाउने , घरभित्र धुप बालेर झुल लगाएर मात्र सुत्ने र नांगो शरिर रहने गरि हिडडुल नगर्ने गरेमा मलेरीयाबाट बच्न सकिने स्वास्थ्यकर्मीले बताएका छन ।उच्च ज्वरो आए पछि जिल्ला अस्पताल पुगेका स्थानीयमा चेकजाँचका क्रममा मलेरीया देखिए पछि खाडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाको पहलमा नगर प्रमुख जसि प्रसाद पाण्डे, प्रमुख प्रशासकिय अधिकृत खड्ग प्रसाद उपाध्याय वडा नम्बर २का वडाध्यक्ष विर्खसिह विश्वकर्मा सहि रोग नियन्त्रण माहासाखाको टोली मलेरीया प्रभाबित क्षेत्र खाडाचक्र नगरपालिकाको वडा नं दुइमा पुगेर त्यहाँको स्थलगत निरिक्षण पछि नगरले सो क्षेत्रमा स्वयमं सेवक परिचालन गरि सरसफाइ अभियान संन्चालन गरि किटनासक औषधि छर्कीने स्वास्थ्य साखा प्रमुख सेजुवालले दियो खबर लाई वताए।
खाँडाचक्र मा मलेरिया संक्रमित भेटीए
तपाईको प्रतिक्रिया
दियो खबर । २८ भाद्र २०७७, आईतवार ०८:५८