सुनचाँदी ब्यावसायी संघ सुर्खेतमा आफन्त वाद हावी

सुर्खेत/ सुनचाँदी व्यावसायी संघ सुर्खेतको १० औ साधारण सभा तथा छैटौ अधिवेशनमा बिबाद देखिएको छ । तत्कालिन अध्यक्ष ज्ञानेन्द्र बहादुर बिश्वकर्माले आफनो नातामा सम्धी पर्नेलाई अध्यक्ष बनाउनका लागि निती बिधी र प्रकृया मिचेर एकलौटी ढंगमा निर्वाचन समितिलाई नै प्रभावमा पारेर निर्णय गरेको आरोप लागेको छ । २०८१ पौष १८ गते भब्य तामझामका साथ डि नमस्ने नेपाल होटेलमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेललाई प्रमुख अतिथीका रुपमा आमन्त्रण गरिएको थियो । कार्यक्रममा नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि बरिष्ठ उपाध्यक्ष लाल बहादुर सुनार, प्रथम उपाध्यक्ष ओम बहादुर बि.क. र महासचिव मोहन सुनारको दावी रहेको थियो ।

अध्यक्षमा ३ जनाको दावी परेपछी सहमतीको प्रयास भएको थियो । सहमती अनुसार बरिष्ट उपाध्यक्ष लाल बहादुर सुनार पुनः नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमै बस्न राजी भएपछी प्रथम उपाध्यक्ष र महासचिवको दावीमा निर्वाचन हुनसक्ने सम्भावना देखिएको थियो ।
दुवै जनाले आफनो दावी बाट पछी नहटेपछी अध्यक्ष ज्ञानेन्द्र बहादुर बिश्वकर्माले दुवै जनाले दावी छाडेर पुनः अध्यक्षमा आफैलाइ समर्थन गरिदिन अनुरोध गरेका थिए । सोही अनुसार दुवै जनाले अध्यक्षलाई पुनः दोहोर्याउनका लागि सहमती कागजमा हस्ताक्षर गरेका थिए । तर आफु अध्यक्ष नभई प्रथम उपाध्यक्षलाई नै अध्यक्षमा उनले समर्थन गरेपछी महासचिव मोहन सुनारले आक्रोश ब्यक्त गरेका छन् ।

उनले भने बहुमत ब्यावसायी सदस्याहरु निर्वाचनबाटै नयाँ कार्यसमिती चयन गर्न चाहन्थे । तर सबै सदस्यहरुलाई गुमराहमा राखी सहमतीका नाममा जालझेल र षड्यन्त्र गरी नयाँ समिती निर्माण गरिएको छ । यसको म घोर बिरोध गर्छु । उनले अध्यक्ष ज्ञानेन्द्र बहादुर बिश्वकर्माले आफु अध्यक्ष हुनका लागि सहमती पत्रमा हस्ताक्षर गराएको र पछी आफनो मान्छेलाई अध्यक्ष बनाउन उक्त हस्ताक्षरको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया