कालिकोट/सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटनामा परेको हो।जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको थियो।
दुर्घटनामा परी कालीकोट जिल्ला शुभकालीका गाउँपालिका ३ का नमराज विक, तन्त विक र उनका छोरा बिरेन्द्र विकको घटना स्थलमै मृत्यृ भएको प्रहरीले जनाएको छ। मृत्यु भएका अर्का एकजनाको भने सनाखत हुन सकेको छैन।
यस्तै कालीकोटका नरि विक र सवारी चालक नरेन्द्र विष्टलाई उपचारको लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको घाइते नरि विकका दाजु गोपाल विकले जानकारी दिए।
दियो खबर । १७ जेष्ठ २०८१, बिहीबार ०८:११