काठमाडौं। ललितपुर सिटी नेपाल सुपर लिगको फाइनलमा पुगेको छ । आज दशरथ रंगशालामा भएको दोस्रो क्वालिफयर खेलमा पोखरा थन्डर्सलाई २–१ गोल अन्तरले हराउँदै ललितपुर फाइनलमा पुगेको हो ।
खेलको ३३औं मिनेटमा निखिल कदम दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिएपछि १० खेलाडीमा सिमित भएपनि ललितपुरले पोखरालाई अतिरिक्त समयमा हरायो । पोखरालाई जिताउन ९९ औं मिनेटमा कुशल देउवाले निर्णायक गोल गरेका थिए।
निर्धारित ९० मिनेटमा दुवै टिमबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा थकेलिएको थियो। त्यसअघि खेलमा पहिलो अग्रता पनि ललितपुरले नै लिएको थियो । ४५ औं मिनेटमा इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । ७१औं मिनेटमा पोखराले बराबरी गोल फर्काएको थियो । जोए आइडुको पासमा स्टेफेन पापा कोजो एनोरले बक्समा हेडमार्फत गोल गरेका थिए ।
बिजेता ललितपुरले फाइनलमा शनिबार धनगढी एफसीसँग खेल्ने छ । धनगढी एफसी पहिलो क्वालिफायरमा पोखरालाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको थियो । एनएसएल विजेताले ७० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेता टोलीले २० लाख रुपैयाँ पाउने छ ।
दियो खबर । १२ पुष २०८०, बिहीबार २१:३३