अध्यक्ष सिंहको टोलीले गर्‍यो थुलुङ दुधकोशी गाउँपालिकाको भ्रमण

कालिकोट/ महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह (भिजन)को टोलीले गर्‍यो थुलुङ दुधकोशी गाउँपालिकाको भ्रमण २ दिनेको अध्ययन भ्रमणका लागि एक टोलीको नेतृत्व गर्दै यहाँ आउनुभएका अध्यक्ष सिंहले थुलुङ दुधकोशी गाउँपालिकाको विकास मोडेल सिक्न लायक रहेको बताउनुभएको हो ।

दुई कार्यकाल निर्वाचित हुने जनप्रतिनिधि कमै मात्रमा पाइने भन्दै उहाँले थुलुङ दुधकोशीको अध्यक्ष र उपाध्यक्ष दुबै जना दोहोरिएर काम गरिरहेकाले पनि जनअपेक्षा अनुसार काम भएको बुझिने बताउनुभयो । कार्यव्यस्तताका कारण थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई बाहिर भएकाले भेट हुन नसकेको भएपनि टेलीफोन सम्बाद भएकाले काठमाडौमा भेट्ने भन्दै उहाँले पुनः भ्रमणमा आउने बताउनुभयो ।

नेपालको अन्य स्थानीय तहले समेत थुलुङ दुधकोशी गाउँपालिकाको भ्रमण गरि नमुना कार्यलाई अनुशरण गर्न आवश्यक रहेको उपाध्यक्ष दान सिंह सैजवालले बताउनुभयो । नेतृत्व सक्षम र सबल हुनका साथै समाजका अगुवाको साथ भएको खण्डमामात्रै समानुपातिक विकास संभव हुने कुरा थुलुङदुधकोशीबाट सिक्न सकिने उहाँको भनाइ छ ।
गाउँपालिकामा भएगरेका सामाजिक तथा भौतिक विकास निर्माण लगायतको अध्ययन गर्न उक्त टोली थुलुङ दुधकोशी आएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । प्रवक्ता कार्कीका अनुसार महावै गाउँपालिका कालिकोटका अध्यक्ष खेम बहादुर सिंह ( भिजन)को नेतृत्वको भ्रमण टोलीमा उपाध्यक्ष दान सिंह सैजवाल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश शाही, कृषि अधिकृत, लेखा अधिकृत, शिक्षा विद लगायत, इको हिमाल नेपालका कार्यकारी अधिकृत नारायण ढकालसहित अन्य कर्मचारी रहेका छन ।

उनीहरुले विषेश गरि गाउँपालिकाको प्रशासकीय भवन, प्राविधिक शिक्षालय, प्रदेश स्तरीय खेलमैदान, सामुदायिक अस्पताल, देउसा कृषिवन श्रत केन्द्र सहित अन्य सामाजिक विकासका मोडेलहरुको अध्ययन गरेका हुन । टोलीलाई थुलुङ दुधकोशी गाउँपालिले स्वागत गरेको छ ।

तपाईको प्रतिक्रिया