काठमाडौं। त्रिभुवन विश्वविद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्षमा भर्ना हुनका लागि आह्वान गरेको छ ।
त्रिवि शिक्षाशास्त्र संकाय डीनको कार्यालयले एक वर्षे बीएडको विकल्पमा ल्याएको सेमेप्टर प्रणालीमा आधारित अधिस्नातक तह (पीजीडी एजुकेशन) कोर्षमा भर्ना हुन आह्वान गरेको हो । कार्यालयले अधिस्नातक कोर्ष तीन सेमेष्टरको हुने जनाएको छ ।
डीन कार्यालयको अनुसार अधिस्नातक कार्यक्रम त्रिवि केन्द्रीय क्याम्पससहित देशभरका १३ क्याम्पसमा १४ वटा विषय पढाई हुनेछ । जुनसुकै विषय लिई स्नातक गरेका उत्तीर्ण विद्यार्थीले अधिस्नातक कार्यक्रममा भर्ना हुन पाउनेछन् ।
शैक्षिक सत्र २०८०/८१ बट शुरु हुन लागेको अधिस्नातक प्रथम सेमिस्टरमा भर्नाका लागि ६ पुसदेखि ११ माघसम्म आवेदन दिन सक्नेछन् । कार्यालयले १४ माघमा प्रवेश परीक्षा सञ्चालन हुने र २१ माघबाट कक्षा सञ्चालन हुने जनाएको छ ।
दियो खबर । ६ पुष २०८०, शुक्रबार ०९:०२