काठमाडौँ। गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले सिन्धुपुरानागाउँ माध्यमिक विद्यालयमा अध्ययनरत ८० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।
शनिबार सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका-५, स्थित श्री सिन्धुपुरानागाउँ माध्यमिक बिधालयमा अध्यनरत ८० जना बालबालिकाहरुलाई करिब २ लाख बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको मिलिजुली परिवारका अध्यक्ष माधव शर्माले जानकारी दिए।
विद्यालयको कक्षा ५ सम्म अध्ययनरत बालबालिकाको लागि ८० जोर छालाजुत्ता, ८० थान स्कुल ब्याग, ८० जोर मोजा, २५० थान कापी र शिसाकलम वितरण गरेको छ।
लामो समयदेखि ‘सेवा नै धर्म हो’ भन्ने मुलमन्त्र लिएर सामाजिक सेवामा अग्रसर रहेको मिलिजुली परिवारका अध्यक्ष माधव शर्माको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा मेलम्ची नगरपालिका ५ का वडा अध्यक्ष राजु रायमाझी, वद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव पौडेल, प्रधानाध्यापक कुमार खतिवडा, स्कुलका शिक्षक, शिक्षिका, बालबालिकाहरूसहित मिलिजुली परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुमार खतिवडाले गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले ग्रामीण भेगका रहेका बिपन्न बालबालिकाहरुको शिक्षामा महत्त्वपूर्ण सहयोग पुर्याउदै आएको भन्दै प्रशंसा गरेका छन्। साथै पछिल्लो समय सरकारी विद्यालयमा शिक्षाको गुणस्तर खस्कदै गएको अवस्थामा गुणस्तर वृद्धिको लागि सरकारले ध्यान दिन जरुरी रहेको बताए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजु रायमाझीले गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारको बालबालिकाको शिक्षा जस्तो महत्त्वपूर्ण कार्यको प्रशंसा गर्दै आगामी दिनमा कार्यसफलताको शुभकामना दिए।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव पौडेलले देशमा विभिन्न परिवर्तन आएर व्यवस्था बदलिए पनि सरकरी बिधालयमा आउने बालबालिका र तिनका अभिभावकको अबस्था उस्तै रहेको हुँदा ग्रामीण भेगका बालबालिकाहरुको शिक्षाका लागि यस्ता सहयोग अतिनै उपयोग रहेको बताए।
कार्यक्रममा बोल्दै मिलिजुली परिवारका अध्यक्ष माधव शर्माले कोरोना माहामारीमा सामाजिक कार्य गर्ने उद्देश्य लिएर स्थापना भएको गणेशमान कृष्णप्यारी प्रतिष्ठान तथा मिलिजुली परिवारले हाल सम्म ८२ औं सहयोग हस्तान्तरण कार्य सम्पन्न गरिसकेको जानकारी दिए।
कार्यक्रममा अध्यक्ष शर्माले बिपन्न बालबालिकाहरुलाइ सहयोग हस्तान्तरणको लागि हालसम्म महत्त्वपूर्ण योगदान पुर्याउनु हुने कोशेली छालाजुत्ता उद्योगका सञ्चालक रबिन कुमार श्रेष्ठ र उषा श्रेष्ठलाई बिशेष धन्यवाद दिनुका साथै कार्यक्रममा आर्थिक सहयोग पुर्याउने गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारकी संरक्षक रारा सैंजु, समाजसेवी रमेश थाप, ज्ञान बहादुर लामा, सिपि अर्याल र सीता ढकाललाइ धन्यवाद दिए।
त्यस्तै कार्यक्रममा सहयोग पुर्याउने सुमन थापा, अजय पाण्डे, सुवास श्रेष्ठ, सोनिया चामलिङ राई, दिपु उप्रेती, अप्सरा थापा योगेन्द्र श्रेष्ठला, सम्झना गौतम, गोमा रिजाल, रुपा तुलाधर, राजिव उदास, बिना पौडेल, रेनु पान्डे, शान्ता कुमारी वाइबा, दिपक काफ्ले र गोमा खडका लगायतलाई धन्यवाद दिए। ग्रामीण भेगमा रहेका बिपन्न बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने मिलिजुली परिवारको मुल लक्ष्य रहेको छ।
दियो खबर । २ पुष २०८०, सोमबार ०८:०७