बिसी ग्रुप फाउण्डेशन सुर्खेतद्वारा शैक्षिक सामग्री वितरण

काठमाडौँ। समाजवादी प्रेस संगठन, नेपाल कर्णाली प्रदेशका अध्यक्ष दिपक बुढा-हिमा उपाध्याय दम्पत्तिले भूकम्प प्रभावित जिल्ला जाजरकोटको एक विद्यालयलाई आफ्नो १३औं वैवाहिक वर्ष गाँठको उपलक्ष्यमा दुई लाख मूल्यको शैक्षिक सामग्री वितरण गरेका छन्।

शुक्रबार जाजरकोटको जुनिचाँदे गापा १ मा रहेको भगवति प्राथमिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको बुढाले जानकारी दिएका छन्। सुर्खेत स्थायी घर भएका बुढा दम्पत्ति बिसी ग्रुप फाउण्डेशन सुर्खेतका सञ्चालकसमेत हुन्।

आफ्नो वैवाहिक वर्ष गाँठको अवसरमा बुढाले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘प्रेमलाई एकै मनमुटु बनाउँदै सहयात्रा गरेको पनि १३ वर्ष पूरा भैसकेछ। हाम्रो यात्रा जारी छ हिमा उपाध्याय आजीवन मुटु भरिको माया। विवाहको १३औं वार्षिकोत्सवको अवसर पारेर भूकम्प प्रभावित जिल्ला जाजरकोटको जुनिचाँदे १ स्थित भगवती प्राथमिक विद्यालयका सम्पुर्ण विद्यार्थीलाई २ लाख मूल्य बढीको पोशाक तथा शैक्षिक सामाग्री वितरण गरियो।’

तपाईको प्रतिक्रिया