कार्यपालीकाले गरेका निर्णयप्रति उप-मेयर बरालको आपत्ति

कालिकोट। रास्कोट नगरपालिकाका उपमेयर मनिराज बरालले आफुमाथि अपमान गरेर कार्यपालिका बैठक बसाली गलत निर्णय गरिएको विषय सार्वजनिक गर्नुभएको छ।

शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमा कडा स्टाटस लेख्दै उपमेयर बरालले आफुमाथि एकपटक सशस्त्र द्वन्दकालमा र अर्को शुक्रबारको कार्यपालिका बैठक मार्फत दुई पटक अपमान गरिएको समेत उल्लेख गर्नुभएको छ ।

आफू नगरपालिकामा भैरहदा कार्यपालिका बैठक नबसाली ३ दिनको गोष्ठिका लागि सुर्खेत झरेकै दिन् बैठक गरेर स्वास्थ्य क्षेत्रमा रास्कोट नगरपालिकालाई कालिकोट जिल्लाकै प्रथम बनाउने सक्षम स्वास्थ्यकर्मी हंसराज वराललाई अपमानित गरेर हटाउने गलत निर्णय गरेको उप-मेयर वरालको आरोप छ ।

जिल्लाले पुरस्कृत गरेको व्यक्तिलाई अपमानित गरेर स्थानीयका साथै संघ र प्रदेशको निर्वाचनमा सहयोग गरेको गुण बिर्सेको उल्लेख गर्दै उहाँले माओवादी शीत चुनावमा सहकार्य गर्नु गलत भएछ भनेर पश्चाताप गर्नुपर्ने अवस्था निम्तियको वताउनुभएको छ । नगर कार्यपालिकाका निर्णयको भ्रत्सना समेत गर्द‌ उहाँले न्याय,विधि र प्रक्रियाको पक्षमा आफू अघि बढ्न तयार रहेको जानकारी गराउनु भएको छ । रास्कोटमा गलत निर्णयसहित आफुमाथि भएको अन्याय र अपमान एउटा उदाहरण मात्र भएको र यो सबै उपमेयर र उपाध्यक्षले खेप्नु परेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया