प्रकाश वराल/कालिकोट जिल्लामा पहिलो पटक खुल्ला हस्तलेखन तथा आर्ट (चित्रकला) प्रतियोगिता सम्पन्न भएको छ ।खाँडाचक्र नगरपालिका -१ कोशभाहलमा ५ औं अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा “मर्यादित महिनावारी ” शीर्षक राखि २०७४ सालमा स्थापित जनम बराल स्मृति फाउन्डेसनका अध्यक्ष प्रकाश बराल आँसुको सभाअध्यक्षता र खाँडाचक्र नगरपालिका -१ का वडा अध्यक्ष धर्मराज ताम्राकारको प्रमुख आतिथ्यता जिल्ला शिक्षा समन्वय ईकाई कालिकोटका प्रमुख प्रकाश चन्द धिताल ,खाँडाचक्र नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जसि प्रसाद चौलागाई र तिलार्णाली वहुमुखि क्यामपसका उप-प्रध्यापक दिपक थापाको विशेष आतिथ्यतमा भएको सो प्रतियोगितामा आर्ट तर्फ ११ जना र हस्तलेखन तर्फ १७ जना सहभागी रहेको फाउन्डेसनका सचिव विवेक जैसिले वताए ।
आर्ट तर्फबाट कालिका माध्यमिक बिद्यालय सिमकोट पिलिका बिश्वास मल्ल प्रथम, लोटव विकास एकेडेमीकि साम्रज्ञी पौडेल द्घितिय र कालिका मा.वी पिलिकै शंकर शाही तृतिय त्यसैगरी हस्त लेखन तर्फ कालिका मा.वि पिलिकि कक्षा ९ मा अध्ययनरत विपना बिश्वकर्मा प्रथम, सोही बिद्यालयका सुशील मल्ल द्घितिय र एटु जेट एकेडेमी एण्ड ट्रेनिङ ट्युशन सेन्टरमा अध्यनरत छात्रा सुहाना सिंह ठकुरिले तृतीय स्थान प्राप्त गर्न सफल भएकि छन् । जुन प्रतियोगिताको मुल्यांकन तिला कर्णाली बहुमुखी क्याम्पसका उप प्रध्यापक दिपक थापा र जिल्ला शिक्षा समन्वय ईकाई कालिकोटका प्रमुख प्रकाश चन्द धितालले गरेका थिए।
दियो खबर । २२ मंसिर २०८०, शुक्रबार २०:२७