बालबालिकालाई राजनीतिक कार्यमा संलग्न नगर्न योगीको आग्रह

काठमाडौँ। सामाजिक अभियन्ता एवं बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) का केन्द्रीय सदस्य अशोकनाथ योगीले ‘झुलाघाट-चिवाभञ्याङ’ यात्राका क्रममा एमालेले बालिबालिकाको दुरुपयोग गरेको दाबी गरेका छन्। साथै योगीले बालबालिकालाई राजनीतिक कार्यमा संलग्न नगर्न आग्रह गरेका छन्।

मंसिर १८ गते नेकपा एमाले अध्यक्ष केपी ओली हाई हाई, अरु सबै बाई बाई भन्न लगाएको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियोमा स-साना बालबालिकाको प्रयोग भएको थियो। सादा नेपालका कार्यकारी निर्देशकसमेत रहेका योगीले उक्त क्रियाकलापलाई लिएर बालबालिकाको बारेमा सबै अधिकारर्की निरपेक्ष र स्वतन्त्र भएर ऐक्यवद्धता जाहेर गर्नुपर्नेमा जोड दिएका छन्।

योगीले सिजप बालबालिको हक, हित र अधिकारका निम्ति क्रियाशिल संस्था भएको बताउँदै राजनीतिक क्रियाकलापमा बालबालिकाको प्रयोग नगर्न अनुरोध गरेका छन्। उनले केही दिन अघि सामाजिक सञ्जालमार्फत सबैलाई सचेतसमेत गराएका थिए। उनले लेखेका छन्, ‘मेरो देशको बालबालिकालाई कसैलाई हाईहाई, कसैलाई बाईबाई? के सिकाउद‌ैछौं? बालबालिकामा कस्तो मनोविज्ञान बन्छ? बालबालिका शान्ति क्षेत्र हुन्। बालबालिकाको चरम दुरूपयोगलाई रोकौं। बालबालिकालाई प्रयोग गर्ने सबैलाई छानबिन गरेर कार्बाहीको दायरामा ल्याएर कारबाही गर्न बिलम्ब नगरौं।’

योगीले अगाडि लेखेका छन्, ‘यो सिकाउने र लाईनमालगाएर पढाई छोडेर स्कुल ड्रेसमै बालबालिका उतार्ने, उकास्ने ल्याउने लैजाने सहभागी गराउने लाई के कारबाही हुन्छ? एमाले समर्थक अधिकारकर्मी, एनजिओ, आइएनजिओहरूका अधिकारकर्मी अझ मानबअधिकारको नाम जोडेर अधिकारमा वकालत गर्ने भनेर विभिन्न परियोजनाहरू ल्याईन्छ दिने र लिने निकायमा एमाले समर्थककै बोलवाला छ। यस्ता राजनीतिक कार्यमा बालबालिका सहभागी त्यो पनि हाईहाई र बाईबाईवाला नारासहित एउटा पार्टीको कार्यक्रममा सहभागी गराईको मिडियामा भिडियो छ। यस विषम परिस्थितिमा जाजरकोट र रूकुममा सयौ स्कुले बालबालिकाहरू प्रभावित भएर मृत्युवरण गरेका बेला भने यता छेउ तिरकै जिल्लामा खुसियाली उत्सव जस्तो बनाएर अबोध बालबालिकाको प्रयोग गरिएको छ। म राष्ट्रिय मानबअधिकार आयोगको गम्भीर ध्यानाकर्षण गराउदछु।’

स्कुल सञ्चालन भइरहेको बेला अछामको पञ्चदेवल विनायक नगरपालिकाकमा बालबालिकालाई स्थानीय एमाले कार्यकर्ताले केपी ओली हाई हाई, अरु सबै बाई बाई भन्न लगाएका थिए। योगीले यो प्रेस नोट प्रकाशित गरेपछि सिजपको केन्द्रीय कमिटीले विज्ञप्ति जारी गरेको थियो।

विज्ञप्ति हेर्नुहोस्

तपाईको प्रतिक्रिया