काठमाडौं। आइतबार अहमदावादमा घरेलु टोली भारतलाई पराजित गरेको अस्ट्रेलियाले छैटौं पटक विश्वकप क्रिकेटको उपाधि जितेको छ।
एक महिनासम्म चलेको विश्वकप सकिए लगत्तै सोमबार आइसीसीले टिम अफ द टुर्नामेन्ट सार्वजनिक गरेको छ। जसमा विश्वकप विजेता कप्तान पाट कमिन्स परेका छैनन्। आइसीसीको टिम अफ द टुर्नामेन्टमा भारतका ६ खेलाडी परेका छन्।
१. क्विन्टन डि कक (दक्षिण अफ्रिका)
दक्षिण अफ्रिकाका विकेटकिपर क्विन्टन डि ककको नाम आईसीसीको प्लेइङ ११ मा पहिलो नम्बरमा छ। उनले लिग चरणका खेलमा ४ वटा शतक बनाएका छन्। उनले वाङखडे स्टेडियममा बंगलादेशविरुद्ध १७४ रनको पारी उनको उत्कृष्ट मध्ये एक हो। डि ककले ५९४ रन बनाएका छन्। उनको स्ट्राइक रेट १०७.०२ छ।
२.रोहित शर्मा (भारत)
भारतीय कप्तान तथा ओपनर रोहित शर्मा दोस्रो नम्बरमा छन्। उनले ओपनिङमा देखाएको प्रदर्शन सहरानीय रहेको छ। उनले प्रतियोगिताभर ५९७ रन बनाएका छन्। उनकै टिममेट विराट कोहलीले उनले भन्दा बढी बनाएका छन्। शर्माले २०१९ मा बनाएको भन्दा यस पटक ५१ रन कम बनाए।
३. विराट कोहली (भारत)
भारतीय क्रिकेटर विराट कोहलीले यो विश्वकपको दौरान आफ्नो एकदिवसीय शतकको अर्धशतक पूरा गरे। उनले भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड तोडे। उनले विश्वकपमा हालसम्मका कुनै पनि ब्याटरले जोड्न नसकेको जति ऐतिहासिक रन बनाए। उनले एकै विश्वकपमा ७६५ रन बनाए। सचिन तेन्दुलकरले २००३ मा ६७३ बनाएका थिए। उनले ११ पारीमा २ वटा पारीमा मात्रै अर्धशतक बनाएनन्। उनले यो प्रतियोगिता भर ३ शतक प्रहार गरे।
४. डेरेल मिचेल (न्यूजिल्यान्ड)
न्यूजिल्यान्डका ब्याटर डेरेलले यस विश्वकपमा ५५२ रन बनाए । उनले १११.०६ स्ट्राइक रेटमा रहेर ६९ को औसतमा खेलेका थिए । उनको टिम सेमिफाइनलबाट बाहिरिए पनि उनको प्रदर्शनले भने यस विश्वकपमा निकै तारिफ कमाएको थियो। उनले यस विश्वकपमा आफ्नो भर्सटाइल प्रदर्शनले सबैको मन जितेका हुन्। उनले सेमिफाइनलमा भारतविरुद्ध १३४ रनको पारी खेले।
५. केएल राहुल (भारत)
भारतीय विकेट किपर ब्याटर केएल राहुल धैर्यताको प्रतिमुर्ति हुन्। उनले खेलमा विशेषत मिडलअर्डरमा आएर टिमलाई चाहिएको बेला विकेट धानेर खेलेका थिए। उनले यस विश्वकपमा सम्हालिएको पारीसँगै ४५२ रन बनाएका छन्। केएलले नेदरल्यान्ड्सविरुद्ध १०२ रनको पारी खेलेका थिए। अष्ट्रेलियाविरुद्ध लिग चरणमा ९७ को अविजित पारी उनले खेले।
फाइनल खेलमा पनि केएलले एकातर्फबाट विकेट सम्हाल्दै ६६ रन बनाएका थिए। उनले ७५.३३ को औसतमा खेलेका थिए । जुन प्रतियोगिताकै तेस्रो उत्कृष्ट ब्याटिङ औसत हो।
६. ग्लेन म्याक्सवेल (अष्ट्रेलिया)
म्याक्सवेलको जादु यो विश्वकपमा खुबै चल्यो। उनले नेदरल्यान्ड्सविरुद्ध ४० बलमा शतक प्रहार गर्दै विश्वकपमा सर्वाधिक छिटो शतक बनाउने खेलाडी बने। उनले अफगानस्तानसँगको खेलेको पारी उत्कृष्ट थियो। उनले अष्ट्रेलियाको लागि दोहोरो शतक प्रहार गर्दै जित दिलाए। खुट्टामा चोट बोकेर पनि उनले १२८ बलमा २०१ रनको अविजित पारी खेले।
७. रविन्द्र जडेजा (भारत)
भारतीय बलिङ अलराउन्डर रविन्द्र जडेजाले टिमको लागि उत्कृष्ट पारी खेले। मिडलअडरमा आएर महत्वपूर्ण विकेट निकाल्दै उनले टिमको जितको नट कस्थे। उनको इकोनोमि रेट यो प्रतियोगिताकै उत्कृष्ट रह्यो। उनले एक ओभरमा ४.२५ औसनमा खेले। उनले ब्याटिङमा सात नम्बरमा आएर ५ खेलमा १२० रन बनाएका छन्।
८. जसप्रित बुमराह (भारत)
भारतीय तीव्र गतिका बलर जसप्रित बुमराह भारतीय बलिङ डिपार्टका खम्बा हुन। उनले विपक्षीलाई नयाँ तरिकाको बलले छक्काउने गर्छन्। उनको बलिङले विपक्षीलाई निकै गाह्रो पार्छ।
उनको बलिङले टिममा महत्वपूर्ण असर पार्छ। उनले प्रतियोगिताभर एकदमै अप्ठ्यारो अवस्थामा आएर विकेट निकालेका छन्। उनको इकोनोमी रेट ४.०६ छ।
९. दिलशान मदुशंका (श्रीलंका )
श्रीलंकाका बाँया हाते तिव्रगतिका बलर दिलशान प्रतियोगितामा उत्कृष्ट रहे। उनको टिमले सोचेजस्तो नतिजा निकाल्न नसक्दा पनि उनको बलिङ निकै महत्वपूर्ण रह्यो । उनले प्रतियोगितमा २१ विकेट लिएका छन्। जससँगै प्रतियोगिताको सर्वाधिक विकेट लिनेको सुचीमा उनी पाँचौं नम्बरमा छन्। उनले भारतविरुद्ध ८० रन खर्चेर ५ विकेट लिएका थिए ।
१० आदम जाम्पा (अष्ट्रेलिया)
अष्ट्रेलियाका लिडिङ विकेट टेकरको रुपमा रहेका जाम्पामा स्पिनरका रुपमा एक विश्वकपमा सबैभन्दा धेरै विकेट लिने मुथैया मुरलीधरनको रेकर्ड बराबरी बनाएका छन् । उनले प्रतियोगिताभर २३ विकेट लिएका छन् । जसको औसत २२.३९ रहेको छ । उनले नेदरल्यान्डस्विरुद्ध ८ रनमात्रै खर्चिएर ४ विकेट लिएका थिए ।
अष्ट्रेलियाका लेग स्पिनर जाम्पाभन्दा भारतीय मोहम्मद शामीले मात्रै बढी विकेट लिन सके ।
११. मोहम्मद शामी (भारत)
भारतीय तीव्र गतिका बलर मोहम्मद शामी यस प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने बलर हुन् । उनले यस प्रतियोगिताभर २४ विकेट लिएका छन् । उनको औसत १०.७० र ५.२६ रहेको छ । विश्वकपको इतिहासमा ४ क्रिकेटरले मात्रै उनले भन्दा बढी विकेट लिएका छन् । लसिथ मालिङ्गा(५६), मिचेल स्र्टाक (६५), मुथैया मुरलीधरन (६८), ग्लेन म्याग्राथ (७१) ।
१२. गेराल्ड कोएत्जी (दक्षिण अफ्रिका)
आइसीसीले १२ औं खेलाडीको रुपमा दक्षिण अफ्रिकाका युवा तिव्र गतिका बलर गेराल्ड कोएत्जीलाई राखेको छ । उनले ८ खेलमा २० विकेट लिँदै आफूलाई आइसीसीको नजरमा पार्न सफल भएका हुन् । २३ वर्षीय गेराल्डको औसत १९.८० र इकोनोमी ६.२३ रहेको छ ।
दियो खबर । ४ मंसिर २०८०, सोमबार १९:१५