काठमाडौँ। भारतले भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामग्री प्रदान गरेको छ ।
बिहीबार भारतीय वायुसेनाको सी–१३० विमान भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत सामग्री लिएर नेपाल आएको हो।
राहत सामग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामग्री रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
यसअघि भारतले त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण उपलब्ध गराएको थियो ।
नेपालको प्रमुख विकास साझेदार भएले भारत सदैव सहयोग गर्न तयार रहेको दूतावासले जनाएको छ ।
दियो खबर । २४ कार्तिक २०८०, शुक्रबार ०८:३०