सुर्खेत/नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको तेस्रो राष्ट्रिय प्रतियोगिता कार्तिक १७ र १ ८ गते सुर्खेतमा हुने भएको छ।प्रतियोगिताको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्ने भएका छन् । आगामी कार्तिक १७ गते दिउँसो २ वजे उद्घाटनहुने आयोजकले दियो खवर लाई जानकारी दिएको छ।उक्त प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरु र विदेशी खेलाडीहरुले पनिसहभागिता रहने नेपाल केन्पो खुकुरी मार्सल आर्ट्ससंघका अध्यक्ष डा.पूर्णप्रसाद पाण्डेले बताए ।प्रतियोगितामा विभिन्न ४ विधामाप्रतियोगिता हुने पनि अध्यक्ष पाण्डेले बताए ।
केन्पो तेस्रो राष्ट्रिय प्रतियोगिता कर्णाली प्रदेशमै आयोजना गर्नुको कारण किन भन्ने दियो खवरको प्रश्नमा अध्यक्ष पाण्डेले भने, “कर्णाली प्रदेशमा विलक्षण प्रतिभाशाली खेलाडीहरू रहेता पनि राष्ट्रिय स्तरका प्रतियोगिता शून्य प्रायः भएकाले केन्पोको तेस्रो राष्ट्रियप्रतियोगिता आयोजनाले अन्य विधाका खेल र खेलाडीहरूलाई समेत राष्ट्रिय प्रतियोगिता जस्ता इभेन्ट आयोजना गर्न प्रेरणा प्राप्त गर्नश्री गणेश हुने विश्वास लिएको छु । साथै एउटा तथ्य स्पष्ट छ कि कर्णाली प्रदेश खेल र खेलाडीको विकासका लागि अथाह सम्भावनाबोकेको क्षेत्र हो ।”
पछिल्लो समय खेलकुद प्रतियोगिता न्यूनरूपमा आयोजना भइरहेको विद्यमान अवस्थालाई ध्यान दिँदै नेपालका ७७ वटा जिल्लाकाखेलाडीहरूले सहभागिता जनाउने उक्त तेस्रो राष्ट्रिय प्रतियोगिताबाट खेल क्षेत्र नयाँ सञ्चारको संवाहक बन्ने पाण्डेले बताए ।
प्रख्यात राष्ट्रिय खेलाडीहरू समेत आर्थिक अभावका कारण विदेश पलायन हुने प्रवृत्ति देखापरेको सन्दर्भ र देशका लागि विदेशमा गएरखेल्दासमेत सामान्य चोटपटक लागे पनि उपचार गर्न नसक्ने अवस्थालाई गम्भीरताका साथ केन्पो खेल आर्थिक उन्नतिका सदैव सचेत रकेन्द्रीभूत रहने पाण्डेको प्रतिबद्धता थियो ।
राज्य र स्थानीय तहसँगको सहकार्यमा खेलाडीलाई कसरी रोजगारी प्रदान गर्न सकिन्छ भनेर बहस चलिरहेको बेला पाण्डेले, भने, “अबहामी सरकारलाई योजना दिन्छौं, जसले खेल क्षेत्रको मात्र नभएर खेलाडीले समेत आफ्नो र देशका लागि खेल खेलेकोमा गर्व गर्नसक्नेछन् ।”कर्णाली प्रदेश अध्यक्ष ईश्वर शाहीले कात्तिक १७ र १८ गते गरिने प्रतियोगिताको सम्पूर्ण तयारीकोअन्तिम चरणमा पुगेको जानकारी दिए । उनले हरेक तह र तप्काको सहयोग बिना कुनै पनि काम सफल नहुने भन्दै प्रतियोगितालाईसफल पार्न खेल क्षेत्रलाई माया गर्नेहरूको साथ सहयोग जरुरी रहेको बताए ।
७७ जिल्लाका खेलाडीहरूले ३० देखि ७० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् भने प्रथम स्थान हासिल गर्ने खेलाडीलाई ट्रफी, मेडल, प्रमाणपत्र र २५ हजार नगद, दोस्रो हुने खेलाडीलाई मेडल, प्रमाणपत्र र १५ हजार नगदका साथै तेस्रो स्थान हासिल गर्ने खेलाडीलाईसांकेतिक रूपमा मेडल, प्रमाणपत्र र १० हजार नगद प्रोत्साहन स्वरूप प्रदान गरिने शाहीले जानकारी दिए । भोलि सुर्खेतमाप्रतियोगिताको सम्पूर्ण तयारी भएको जानकारी गराउन पत्रकार सम्मेलन समते राखिएको शाहिले वताए।
दियो खबर । १५ कार्तिक २०८०, बुधबार २१:२४