DR Karnali Health 6th Free Health Camp Kalikot
DR Karnali Health द्वारा कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका पाँखा गाउँमा निःशुल्क स्वास्थ्य शिविर
DR Karnali Health अस्पताल द्वारा कार्तिक ११ गते २०८० शनिबार कालिकोट जिल्ला, खाँडाचक्र नगरपालिका वडा ९, जनज्योति माध्यमिक विद्यालय पाँखा गाउँमा सामाजिक कार्यकर्ता अधिवक्ता हंस बहादुर मल्ल, वडा ७ अध्यक्ष दिपक कार्की, वडा ८ अध्यक्ष नन्द बहादुर मल्ल, वडा ९ अध्यक्ष बिर्जित बिस्ट र वडा १० का दिल बहादुर शाहीको संयोजकत्वमा नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ।
DR Karnali Health का भू. पु. सभापति दिप बहादुर शाही, डा. अनिल भुसाल (MBBS), टेकराज शाही, शोभा बोगटी र जर्मा शाही (MBS ) लगायतको टोलीले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्नु भएको छ। खाँडाचक्र नगरपालिका वडा ७, ८, ९ र १० का बासिन्दा र कर्मचारीहरुले आफ्नै घर दैलोमा निःशुल्क स्वास्थ्य शिविर संचालन भयकोमा आभार व्यक्त गर्नु भएको छ। निःशुल्क स्वास्थ्य शिविरमा १२०+ जनाले सेवा लिएको डा. अनिल भुसालले बताउनुभयो। डाक्टर भुसालका अनुसार १ वर्ष देखि ८० वर्ष उमेर समूहका बिरामीहरु थिए। अधिकांश बिरामीहरु महिला थिय। महिलाहरूमा टाउको दुख्ने, तल्लो पेट दुख्ने र पीवी डिस्चार्जको समस्या धेरैमा देखीयको थियो। वृद्ध बिरामीहरुमा तल्लो ढाड दुख्ने, खुट्टा सुन्निने र खुट्टा झम्झमाउने समस्या थियो। वृद्ध पुरुषहरूलाई पनि COPD थियो। कसैलाई मौसमी ज्वरो, खोकी र चिसो पनि थियो। साथै केही विरामीहरुको कानबाट डिस्चार्ज भएर कान दुख्ने समस्या पनि थियो। DR Karnali Health अस्पताल द्वारा संचालित निःशुल्क स्वास्थ्य शिविरमा रक्त शर्करा र गर्भावस्था परीक्षण पनि गरियको थियो।
DR Karnali Health अस्पतालले यो भन्दा अगाडि खाँडाचक्र नगरपालिका वडा नं ११, शुभकालिका गाउँपालिका वडा नं १, २, र ३ मा निःशुल्क घरदैलो स्वास्थ्य अभियान संचालन गरेको थियो। साथै DR Karnali Health अस्पताल द्वारा कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं ११ बदालकोट, खाँडाचक्र नगरपालिका वडा नं ५ घोडेना, खाँडाचक्र नगरपालिका वडा नं ४ बद्रिगाउँ र सान्नी त्रिवेणी गाउँपालिका वडा १ सेरिज्युला, सुभकालिका गाउपालिका वडा नं ४ राराकाटीया ठानागाउँमा पनि नि:शुल्क स्वास्थ शिविर सम्पन्न गरेको थियो।
कालिकोट जिल्ला खाडाचक्र नगरपालिका १, प्रतिमा चोक, मान्म स्थित DR Karnali Health अस्पतालमा बिज्ञ डाक्टरहरु द्वारा नि:शुल्क OPD सेवा र २४ घण्टा Emergency सेवा संचालन हुदै आयको छ। स्वचालित आधुनिक प्रयोगशाला र अग्रिम स्वास्थ्य उपकरणहरु बाट स:शुल्क रगत, दिशा, पिसाप, सुगर, थाइरोइड, मिर्गौला, कलेजो, पेटको भिडियो एक्स-रे र मुटुको ECG चेक जाँच गरिने व्यवस्था छ। हालैको समयमा DR Karnali Health अस्पतालले कालिकोट जिल्लामा नि:शुल्क घर दैलो स्वास्थ्य सेवा र नि:शुल्क स्वस्थ्य शिविरहरु संचालन गर्दै आयको अस्पतालका संस्थापक र कालिकोट जिल्लाका भू. पु. सभापति श्री दिप बहादुर शाहीले बताउनुभयो।
वर्षा ऋतु सकियलगतै DR Karnali Health अस्पताल
द्वारा कालिकोट जिल्लाका पालिका, वडा, बिद्यालय र स्वास्थ्य चौकीहरुमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आयकोले ईच्छुक अध्यक्ष, उपाध्यक्ष, प्रधानाध्यापक र स्वास्थ्य चौकी प्रमुखहरुले कालिकोट जिल्ला, मान्म, प्रतिमा चोक अबस्थित DR Karnali Health मा आबेदन दिनसक्नुहुनेछ, धन्यबाद।
DR Karnali Health – जर्मा कुमारी शाही (MBS)
सम्पर्क ~ ९८५८०२५००७ ☎️
दियो खबर । १३ कार्तिक २०८०, सोमबार ०७:१२