समाजवादी मोर्चा घोषणा कालिकोटको संयोजकमा शैलेन्द्र

कालिकोट/जिल्ला समन्वय समितिको सभाहलमा खचाखच भरिएका मान्छेहरुको भिड सबै उभिएर मुठ्ठी कसेर लालसलाम गरिरहेकाथिए लालसलामका साथ उनीहरु सबैले गाइरहेका थिए कम्युनिष्टहरुको अन्तराष्ट्रिय गीतपनि

उठ जाग भोकानाङ्गा उठ संसारका दुखी नामक गीतसहित हलमा उपस्थित सबैले अन्तर्राष्ट्रिय गीत गाइरहदा यो गीत नसुनेका चकितपर्नुत स्वभाविकै हो सुनेकाहरुपनि चकित थिए

कार्यक्रम सञ्चालन गरिरहेका नेकपा(एकीकृत समाजवादी)कालिकोटका उपाध्यक्ष चित्रसिंह गाउँलेले सुरुमा राष्ट्रिय गानमा उठेर बसेकोटोलिलाई फेरि उठ्न लगाएर अन्तराष्ट्रिय गीतका लागि उठाउनु भएको थियो

कालिकोट जिल्लाको जिल्ला स्तरीय समाजवादी मोर्चा घोषणा कार्यक्रममा अन्तराष्ट्रिय गीत गुञ्जिएको हो समाजवादीहरुको खासगीत यही हो भन्दै अन्तराष्ट्रिय गीत गाउन हलमा उपस्थितहरुलाई जागरुप बनाइएको कार्यक्रममा शहीदहरुप्रति मौनधारण गर्न लगाउनेक्रममा इजरायल घटनाका मृतकहरुको विषय जोडेर उनीहरुप्रतिपनि श्रद्धमञ्जली गरिरहदा हल स्तब्ध थियो

कर्णाली प्रदेश स्तरीय समाजवादी मोर्चाको निर्णय अनुसार कर्णालीका १० जिल्ला मध्य कालिकोटसहित जिल्ला माओवादी केन्द्र , जिल्ला नेकपा ( एकीकृत समाजवादी ) जिल्ला नेकपाले संयोजन गर्ने जिम्मेवारी पाएका थिए।

सोही अनुसार कालिकोटमा माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाई संयोजक , चित्रसिंह गाउँले , बलवान सी , धिरबहादुर बिष्ट, मनसोभा बुढा, शाहासी सी, माधवप्रसाद उपाध्याय अलिबहादुर सहकारी रहेको समाजवादी मोर्चा घोषणा गरिएकोथियो

नेकपा स्थायी कमिटी सदस्य भरत सी, नेकपा(एकीकृत समाजवादी) केन्द्रीय सदस्य तुलाराज बिष्ट, नेकपा(माओवादी केन्द्र)प्रदेशकमिटी सचिव धनजित शाही लगायतका नेताहरुको उपस्थितिमा घोषित मोर्चाले कालिकोटमा नेपाली विशेषताको समाजवादकोआधार तयार गर्न भूमिका खेल्ने वक्ताहरुको धारणा थियो

जिल्लामा भ्रष्टाचार कुशाषणको अन्त्य गरि सुशाषणको प्रत्याभुति दिलाउदै विकासका पूर्वाधार निर्माणमा पनि समाजवादी मोर्चा आवद्ध दल सफल हुनेपनि अतिथिहरुको धारणा थियो कलाकार टिमबाट अत्यन्तै रमाइला प्रस्तुतिका साथ उल्लासमय वातावरणमाघोषित मोर्चाले मोर्चाका संयोजक चौलागाईको पहलमा आगामी दिनमा मोर्चाका गतिविधि अगाडि बढाउने सन्दर्भमा पहल लिइरहेको

तपाईको प्रतिक्रिया