DR Karnali Health द्वारा राराकाटिया ठानागाउँमा नि:शुल्क स्वास्थ्य शिविर

DR Karnali Health 5th Free Health Camp Kalikot

DR Karnali Health द्वारा कालिकोट जिल्ला शुभकालिका गाउँपालिका वडा ४, राराकाटिया ठानागाउँमा निःशुल्क स्वास्थ्य शिविर

DR Karnali Health द्वारा असोज २० गते २०८० शनिबार कालिकोट जिल्ला, राराकाटिया स्वास्थ्य चौकी ठानागाउँमा वडा अध्यक्ष प्रदिप चौलागाई, सामाजिक कार्यकर्ता कर्ण प्रसाद चौलागाईं र स्वास्थ्य चौकी प्रमुख खगेन्द्र प्रसाद चौलागाईको संयोजकत्वमा नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ।

DR Karnali Health का भू. पु. सभापति दिप बहादुर शाही, डा. अनिल भुसाल (MBBS), टेकराज शाही, शोभा बोगटी र सिमा शाही लगायतको टोलीले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्नु भएको छ। शुभकालिका वडा ४ र ५ का गाउँबासीहरुले निःशुल्क स्वास्थ्य शिविर संचालन भयकोमा खुसी व्यक्त गर्नु भएको छ। निःशुल्क स्वास्थ्य शिविरमा १५४ जनाले सेवा लिएको डा. अनिल भुसालले बताउनुभयो। डाक्टर भुसालका अनुसार ६ महिनादेखि ८३ वर्ष उमेर समूहका बिरामीहरु थिए। धेरैजसो बिरामीहरु २३ – ४५ वर्षका रहेको र प्रायजसो महिला बिरामीहरुको उपस्थिति बाक्लो थियो। अधिकांश महिलाहरूमा तल्लो ढाड दुख्ने, पीवी डिस्चार्ज, महिनावारी समस्या, हात खुट्टा झम्झमाउने, लुतो, जरो र फंगल संक्रमण भयका बिरामी पनि थिय।

DR Karnali Health अस्पतालले यो भन्दा अगाडि खाँडाचक्र नगरपालिका वडा नं ११, शुभकालिका गाउँपालिका वडा नं १, २, र ३ मा निःशुल्क घरदैलो स्वास्थ्य अभियान संचालन गरेको थियो। साथै DR Karnali Health अस्पताल द्वारा कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं ११ बदालकोट, खाँडाचक्र नगरपालिका वडा नं ५ घोडेना, खाँडाचक्र नगरपालिका वडा नं ४ बद्रिगाउँमा र सान्नी त्रिवेणी गाउँपालिका वडा १, सेरिज्युलागाउँमा पनि नि:शुल्क स्वास्थ शिविर सम्पन्न गरेको थियो।

कालिकोट जिल्ला खाडाचक्र नगरपालिका १, प्रतिमा चोक, मान्म स्थित DR Karnali Health अस्पतालमा बिज्ञ डाक्टरहरु द्वारा नि:शुल्क OPD सेवा र २४ घण्टा Emergency सेवा संचालन हुदै आयको छ। स्वचालित आधुनिक प्रयोगशाला र अग्रिम स्वास्थ्य उपकरणहरु बाट स:शुल्क रगत, दिशा, पिसाप, सुगर, थाइरोइड, मिर्गौला, कलेजो, पेटको भिडियो एक्स-रे र मुटुको ECG चेक जाँच गरिने व्यवस्था छ। हालैको समयमा DR Karnali Health अस्पतालले कालिकोट जिल्लामा नि:शुल्क घर दैलो स्वास्थ्य सेवा र नि:शुल्क स्वस्थ्य शिविरहरु संचालन गर्दै आयको अस्पतालका संस्थापक भू. पु. सभापति श्री दिप बहादुर शाहीले बताउनुभयो।

वर्षा ऋतु सकियलगतै DR Karnali Health द्वारा कालिकोट जिल्लाका पालिका, वडा, बिद्यालय र स्वास्थ्य चौकीहरुमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आयकोले ईच्छुक अध्यक्ष, उपाध्यक्ष, प्रधानाध्यापक र स्वास्थ्य चौकी प्रमुखहरुले कालिकोट जिल्ला, मान्म, प्रतिमा चोक अबस्थित DR Karnali Health मा आबेदन दिनसक्नुहुनेछ, धन्यबाद।

DR Karnali Health – जर्मा कुमारी शाही (MBS)

तपाईको प्रतिक्रिया