DR Karnali Health द्वारा गत शनिबार कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा १, सेरिज्युला, शंकरमाध्यमिक विद्यालय र कृषि विकास तथा पशुसेवा केन्द्रमा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ।
DR Karnali Health का डा. अनिल भुसाल (MBBS) टेकराज शाही, शोभा बोगटी र सिमा शाही लगायतको टोलीले निःशुल्कस्वास्थ्य शिविर संचालन गर्नु भएको थियो। शिबिरका संयोजक द्वय, नर नेपाली (स्वास्थ्यकर्मी) र गाउँबासीहरुले निःशुल्क स्वास्थ्यशिविर संचालन भयकोमा खुसी व्यक्त गर्नु भएको छ।
निःशुल्क स्वास्थ्य शिविरमा १२२ जनाले सेवा लिएको डा. अनिल भुसालले बताउनुभयो। डाक्टर भुसालका अनुसार २ महिनादेखि ८३ वर्षउमेर समूहका बिरामीहरु थिए। अधिकांश ५० वर्षभन्दा माथिका COPD वृद्धहरु थिए। प्रायजसो महिला बिरामीहरु PV Discharge रतल्लो पेट दुख्ने समस्या भएका थिए। केही बिरामीहरू ज्वरो र खोकी लागेका पनि थिए।
DR Karnali Health अस्पतालले यो भन्दा अगाडि खाँडाचक्र नगरपालिका वडा नं ११, सुभाकालिका गाउँपालिका वडा नं १, २, र ३ मानिःशुल्क घरदैलो स्वास्थ्य अभियान संचालन गरेको थियो। साथै DR Karnali Health अस्पताल द्वारा कालिकोट जिल्ला खाँडाचक्रनगरपालिका वडा नं ११ बदालकोट, खाँडाचक्र नगरपालिका वडा नं ५ घोडेना र खाँडाचक्र नगरपालिका वडा नं ४ बद्रिगाउँमा पनिनि:शुल्क स्वास्थ शिविर सम्पन्न गरेको थियो।
कालिकोट जिल्ला खाडाचक्र नगरपालिका १, प्रतिमा चोक, मान्म स्थित DR Karnali Health अस्पतालमा बिज्ञ डाक्टरहरु द्वारानि:शुल्क OPD सेवा र २४ घण्टा Emergency सेवा संचालन हुदै आयको छ। स्वचालित आधुनिक प्रयोगशाला र अग्रिम स्वास्थ्यउपकरणहरु बाट स:शुल्क रगत, दिशा, पिसाप, सुगर, थाइरोइड, मिर्गौला, कलेजो, पेटको भिडियो एक्स–रे र मुटुको ECG चेक जाँचगरिने व्यवस्था छ।
हालैको समयमा DR Karnali Health अस्पतालले कालिकोट जिल्लामा नि:शुल्क घर दैलो स्वास्थ्य सेवा रनि:शुल्क स्वस्थ्य शिविरहरु संचालन गर्दै आयको अस्पतालका संस्थापक भू. पु. सभापति श्री दिप बहादुर शाहीले बताउनुभयो।
वर्षा ऋतु सकियलगतै DR Karnali Health द्वारा कालिकोटका स्वास्थ्य चौकी, पालिकाहरु, वडाहरु र बिद्यालयहरुमा निःशुल्कस्वास्थ्य शिविरहरु संचालन गर्ने भयकोले इछुक अध्यक्ष, उपाध्यक्ष र प्रधानाध्यापकहरुले कालिकोट जिल्ला, मान्म, प्रतिमा चोकअबस्थित DR Karnali Health मा आबेदन दिनसक्नुहुनेछ, धन्यबाद।
DR Karnali Health – जर्मा कुमारी शाही (MBS)
दियो खबर । १४ आश्विन २०८०, आईतवार १९:०९