DR Karnali Health द्वारा कालिकोट जिल्ला घोडेना गाउँमा निःशुल्क स्वास्थ्य शिविर

DR Karnali Health Camp Kalikot

DR Karnali Health द्वारा कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं ५ घोडेना चुलिमालिका माध्यमिक बिद्यालय दाडिमबोटमा नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।

कालिकोट जिल्ला खाडाचक्र नगरपालिका १, प्रतिमा चोक, मान्म स्थित DR Karnali Health अस्पतालमा बिज्ञ डाक्टरहरु द्वारा नि:शुल्क OPD सेवा र २४ घण्टा Emergency सेवा संचालन हुदै आयको छ। स्वचालित आधुनिक प्रयोगशाला र अग्रिम स्वास्थ्य उपकरणहरु बाट स:शुल्क रगत, दिशा, पिसाप, सुगर, थाइरोइड, मिर्गौला, कलेजो, पेटको भिडियो एक्स-रे र मुटुको ECG चेक जाँच गरिने व्यवस्था छ। हालैको समयमा DR Karnali Health अस्पतालले कालिकोट जिल्लामा नि:शुल्क घर दैलो स्वास्थ्य सेवा र नि:शुल्क स्वस्थ्य सिबिरहरु संचालन गर्दै आयको अस्पतालका संस्थापक भू पु सभापति श्री दिप बहादुर शाहीजूले बताउनुभयो।

शिबिरका संयोजक तथा युवा ब्यवसायि हिरामणी चौलागाँईजूले गाउँगाउँमा DR Karnali Health अस्पतालले निशुल्क शिबिर राख्दा बृद्व देखि बालक सम्मको आफ्नै गाउमा उपचार भएको छ । उपचार नपायर भौतारि रहेका नागरिकको गाउमै उपचार हुदा नागरिकको उद्गार भएको शिबिरका संयोजक चौलागाँईले बताउनुभयो । चौलागाँईले बेलायतमा रहेका दिप बहादुर शाहीजूका छोरा ई. तुलसी वीर बिक्रम शाहीलाई कालिकोटमा रहेका बिरामीको अबस्था बारे जानकारी दिई सकेपछी शिबिरको आयोजना गरिएको पनि बताएका छन् ।

शिबिरमा २ सय ४३ जनाले सेवा लिएको डा. अनिल भुसाल (MBBS) ले बताउनुभयो । डाक्टर भुसालका अनुसार हातखुट्टा झमजाउने,ज्यान दुख्ने,महिलाको तल्लो पेट दुख्ने,सेतोपानी बग्ने जस्ता समस्याका बिरामी बढि छन् । उनका अनुसार बच्चाको कान पाक्ने,कान दुख्ने र जेष्ठ नागरिकहरुमा दमको समस्या रहेको बताए । धेरैजसो बिरामी २०-५० बर्ष उमेर समुहका रहेका छन् । बालबालिका १ बर्ष देखि ११ बर्ष उमेर समुहका रहेको डाक्टर भुसालले बताए । भुसालले भने सम्पुण किसिमका बिरामीलाई निशुल्क औषधी तथा सुझाब सल्लाह दिएका छौ ।

स्वास्थ्यकर्मी द्वय शोभा बोगटीजू र सिमा शाहीजूले आफ्नो गाउठाउँमा नि:शुल्क सेवा उपलब्ध गराउन पाउदा ज्यादै हर्स महसुस भयको बताउनुभयो। बेलायतमा रहेका ईन्जिनियर तुलसी वीर बिक्रम शाहीजूले DR Karnali Health अस्पताल आफैमा एक सेवा मुलक अभियान भयको र यो अभियानमा जोडीनुहुने सम्पूणर्लाइ धन्यवाद दिनुभयको छ। उहाको अनुसार DR Karnali Health अस्पतालसंग जोडी आफ्नो मात्रीभूमिको सेवा गर्न चाहानुहुनेलाइ DR Karnali Health अस्पतालमा सम्पर्कगर्न अनुरोध गर्नु भयको छ।

DR Karnali Health अस्पतालले यो भन्दा अगाडि कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं ११ मा समेत नि:शुल्क स्वास्थ शिबिर गरि १५० बढी जनालाई सेवा प्रदान गरेको थियो। साथै खाँडाचक्र नगरपालिका ११, सुभाकलिका गाऊपालिका १, २, र ३ वडामा निःशुल्क घरदैलो स्वास्थ्य अभियान पनि सम्पन गरेको थियो।

वर्षा ऋतु सकियलगतै DR Karnali Health द्वारा कालिकोटका स्वास्थ्य चौकी, पालिकाहरु, वडाहरु र बिद्यालयहरुमा निसुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने भयकोले इछुक अध्यक्ष, उपाध्यक्ष र प्रधानाध्यापकहरुले कालिकोट जिल्ला, मान्म, प्रतिमा चोक अबस्थित DR Karnali Health मा आबेदन दिनसक्नुहुनेछ, धन्यबाद।

DR Karnali Health – जर्मा कुमारी शाही (MBS)

तपाईको प्रतिक्रिया