प्रकाश बराल/ वीरेन्द्रनगर नगरपालिका वडा-३ का वडाध्यक्ष विनोदसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ । वडाध्यक्ष विष्टसहित तीन जनाको टोलीले केही दिनअघि खोर्केखोला तटवन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परकेको थियो ।
उक्त उजुरीका आधारमा शुक्रवार पक्राउ परेका सुशील गुरुङ र बलिराज शाहीले जफत भएको रकमबाट वडाध्यक्ष विष्टलाई दुई लाख दिएको स्वीकारेपछि विष्टलाई पक्राउ गरिएको प्रहरी कार्यालय सुर्खेतलेजानकारी दिएको छ। वडाध्यक्ष विष्टमाथी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
नेकपा एमाले बाट निर्वाचित वडाध्यक्ष विष्ट पक्राउ
तपाईको प्रतिक्रिया
दियो खबर । २४ असार २०८०, आईतवार १६:१०