सुरेश शाही/कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका – ७ पिलिको कार्कीवाडा ,सारूवाडा नाईवाडा र दलितटोमा बत्ति बलेको छ ।तल सेरा र बजारमा भने एक महिना भित्र बत्ती बाल्ने वडाध्यक्ष दिपकराज कार्कीले दियो खबर संग बताए।
वडाध्यक्ष कार्कीले भने पहिलो बर्षमा गाउँ झिलिमिली पारियो आउने बर्षमा शिक्षामा दियो बाल्ने र नागरिक को नि:शुल्क स्वास्थ्य विमा गर्ने तयारी रहेको समेत बताए। वडाध्यक्ष कार्की भन्छन् नगरपालिका भए पनि अहिले सम्म बत्ती बलेको थिएन। अघिल्लो सरकारले जनताको आवश्यकता लाइ बुझेर काम गरेको भए अहिले साच्चिकै पिलि बनाउन समय लाग्ने थिएनन्। अहिले नागरिकका आधारभूत आवश्यकता लाइ पहिलो प्रथामिकतामा राखेर जनताको काम गर्ने लागेको समेत बताए। खाँडाचक्र नगरपालिका -७को आर्थिक सहयोगमा एक सय घरधुरीलाई नि:शुल्क मिटर र हाउस वाइरिङ् वितरण गरिएको वडाध्यक्ष कार्कीले बताए।नगर-प्रमुख कमल बहादुर शाही अबको एक वर्षभित्र सबै वडा र टोलमा झिलिमिली बनाउने नगरपालिका मुख्य एजेण्डा रहेको समेत बताए।
खाँडाचक्रको पिलिमा झिलिमिलि
तपाईको प्रतिक्रिया
दियो खबर । ३ असार २०८०, आईतवार १७:१६