नन्दकेश अधिकारी/सुर्खेत जिल्लाकाे विरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ काे तातापानीमा रहेको हार्भेष्टमुन सेकेन्डरी बोर्डिङ्ग स्कुलले नव वर्ष २०८० काे पावन अवसरमा शुभकामना आदान प्रदान गर्दै बार्षिक नतिजा प्रकाशन तथा विजयी हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम गरेको छ भने शैक्षिक कलस संचालन दिईएकाे छ ।
विद्यालयका संस्थापक तथा सल्लाहकार गणेश प्रसाद भट्टराई काे सभाध्यक्षता, नेशनल प्याप्सनका केन्द्रीय बरिस्ठ उपाध्यक्ष कमल सिह काे प्रमुख आतिथ्यतामा साे कार्यक्रम गरिएको हाे ।
उक्त कार्यक्रममा ,विद्यालय संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण भट्टराई ,विद्यालय ,व्यवस्थापन समितिका सदस्य कुशुम भट्टराई ,रमेश भट्टराई, शिक्षा यात्री एवं शैक्षिक अभियान्ता क्षेत्र प्रसाद ज्ञावली आथित्यता रहेको कार्यक्रम मा विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका , अभिभावक, पत्रकार , विद्यार्थी भाइ बहिनीकाे व्यापक सहभागीता रहेको थियाे ।
अतिथिहरूलाई स्वागत गर्दै विद्यालय कि असल शिक्षिका लक्ष्मी भण्डारीले खादा र अविर लगार सम्मान गर्नु भएको थियाे
विद्यालयकाे तर्फबाट शिक्षक शिक्षिकाले नव वर्षकाे शुभकामना दिदै वार्षिक नतिजा प्रकाशन गरेर प्रथम ,दोस्रो र तेस्रो हुने विद्यार्थी भाईबहिनीलाई पुरस्कार समेत प्रधान गरेको छ ।
भनेआफ्नो बालबालिकालाईकसरी असल र राम्रो बनाउन भन्ने कुरा श्रीमान श्रीमती असल हुने हाे भने असल सॅस्कारको विकास अनि सॅस्कृतिको जगेर्ना घरवाटै सुरु हुने बताउदै हरेक अभिभावकले मिलेर मिलेर जाने हाे भने बालिका मनाेवल उच्च हुने भन्दै असल जाेडि लाई मञ्च राखेर असल अभिभावक काे भुमिका कस्तो हुन्छ भन्ने कुरा विद्यार्थी भाइ बहिनी र अभिभावककाे सामु शैक्षिक यात्री क्षेत्र प्रसाद ज्ञावलीले शैक्षिक कलस दिनु भएको थियाे ।
कार्यक्रमका प्रमुख अथिती एवं नेशनल प्याप्सनका केन्द्रीय बरिस्ठ उपाध्यक्ष कमल सिह ले कार्यक्रमलाई सम्बोधन गर्दै उहाले भन्नू भयाे कर्णाली प्रदेशमा जन्मेर देश विदेशमा शिक्षा सम्बन्धि खटिने शैक्षिक अभियानता एव शिक्षा यात्री क्षेत्र प्रसाद ज्ञवाली लाई शिक्षा क्षेत्र सुधारमा दिनु भएको याेगदानकाे कदर गर्दै धन्यवाद दिनु भयाे ।
यस्तै विद्यालयकाे जनशक्ति र भाैतिक साधन राम्रो रहेको र विद्यालयले राम्रो जनशक्ति उत्पादन गरेको भन्दै विद्यालयका सहायक प्रधानाध्यापक कुशुम भट्टराई धन्यवाद दिनु भयाे ।
उहाले थप्नु भयाे यस विद्यालयले नेशनल मेण्डेलाकाे भुमिका समेत खेलेको बताउनु भयाे ।
साे कार्यक्रममा बिभिन्न कक्षाका बिद्यार्थी भाइ बहिनीहरुले शिक्षा सम्बन्धी विभिन्न नृत्य, नाटक, गित प्रस्तुत गरेर मनोरञ्जन गरेका थिए ।
विद्यालयले कार्यक्रमका प्रमुख अतिथि कमल सिह लाई दाेसला ओढाएर सम्मान गर्दै मायाको चिनाे समेत समेत दिईएकाे थियाे ।
कार्यक्रमकाे संचालन मध्य पश्चिम विश्व विद्यालयका उप प्रध्यापक एव हार्भेष्टमुनका बरिस्ठ शिक्षक टिका प्रसाद पाेखरेल ले गर्नु भएको थियाे।
दियो खबर । १ बैशाख २०८०, शुक्रबार ०५:०३