सुर्खेत/ कालीकोटको सदरमुकाम मान्ममा आँखा परीक्षण गराउनेको भीड लागेको छ । नेपाल नेत्रज्योती संघ हिमालय आँखा अस्पताल पोखराको सहयोग तथा आयोजनामा तीनसम्म सञ्चालन हुने निःशुल्क मोतियाविन्दु शल्याक्रिया शिविरमा आँखा परीक्षण गराउनेको भीड लागेको हो ।
शिविरको पहिलो दिन आज (शनिबार) दुई सयभन्दा बढीले आँखा परीक्षणका लागि नाम दर्ता गराएका छन् । नेपाल नेत्रज्योती संघ जिल्ला आँखा उपचार केन्द्र कालीकोटमा सञ्चालन भइरहेको शिविरमा ६० वर्ष माथिका वृद्धावृद्धहरुको भीड धेरै रहेको छ । केन्द्रका डबल अधिकारीले मानवीय चाँप धेरै हुने भएकाले तीन दिनको समय राखेको बताउनुभयो ।
उहाँले प्रत्येक वर्ष यसरी हिमालय आँखा अस्पताल पोखराले दुर्गमका बिरामीको परीक्षण गर्दै आइसकेको जानकारी लिनुभयो । शिविरमा मोतियाविन्दुको अप्रेसन समेत गरिँदै आएको छ । आँखाको नानीको शल्याक्रिया उपचारसँगै कानको समस्या पनि समाधान गरिने छ ।
हिमालय आँखा अस्पताल पोखरासँगै यो शिविरका लागि नेपाल नेत्रज्योती संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशले पनि सहयोग गरेको छ । उपचारका लागि खाँडाचक्र नगरपालिका भित्रका विभिन्न वडाका वृद्धवृद्धाका साथै आँखाको समस्या भएका अन्य उमेरका नागरिकको समेत सहभागिता रहेको छ ।
शिविर चैत २७ गतेसम्म सञ्चालन हुने शिविरमा मोतियाविन्दुको अप्रेसनका साथै आँखाको जाली निकाल्ने लगाएतका उपचार यहाँ हुने छ । साथै जटिल शल्याक्रियाका लागि हिमालय आँखा अस्पताल पोखरामा उपचारका लागि सिफारिस समेत हुने छन् नेत्र ज्योति संघ का सभापति खडानन्द पाण्डेले बताए।
निःशुल्क आँखाको शल्याक्रियाका लागि प्रतिक्षामा बसेका सेवाग्राही
तपाईको प्रतिक्रिया
दियो खबर । २५ चैत्र २०७९, शनिबार २०:२४