कालिकोट/ नेकपा एमालेले आफ्नो किल्ला दाबी गर्ने शुभकालिका गाउँपालिकामा समाजवादीले पनि लहर सृजना गरेको छ । स्थानीय तह निर्वाचन ताका पूर्व कृषि मन्त्री कुर्मराज शाही एकीकृत समाजवादीमा हुँदा नराम्रो हार ब्यहोरेपनि मन्त्री शाही समेत एमाले फर्किदा शुभकालिकालाई एमालेले आफ्नो किल्ला दाबी गर्दै आएको थियो ।
समाजवादी शून्य गाउँपालिका भनेर ठानिने शुभकालिकामा मंगलबार एकीकृत समाजवादीले छोटो तयारीमै ४१ सदस्यीय गाउँ अधिवेशन आयोजक कमिटी घोषणा गरेको छ ।
जिल्ला कमिटी उपाध्यक्ष एवम् प्रदेश कमिटी सदस्य चित्रसिंह गाउँलेको प्रमुख आतिथ्यतामा सम्पन्न अगुवा कार्यकर्ता भेलाले तत्कालै गाउँ कमिटी गठन गर्नुभन्दा अधिवेशन तयारी गर्न उचित हुने निस्कर्ष सहित वीरेन्द्रबहादुर शाही संयोजक र शिवराज शाही सचिव रहेको अधिवेशन आयोजक कमिटी गठन गरेको जिल्ला कमिटी सदस्य गणेश सेजुवालले जानकारी गराउनुभयो । उहाँका अनुसार आयोजक कमिटीमा नन्दा शाही,दुर्गा शाही, जय बहादुर शाही,कमल सुनार,नानीभाउ परियार , मनसुरे चौंलागाई,तुल्छा शाही,एनकला विक लगायतका छन् । आयोजक कमिटी घोषणा गर्दै उपाध्यक्ष गाउँलेले एकीकृत समाजवादी सिटमा सानो मानिएपनि भूमिकामा देशकै ठूलो पार्टीको रुपमा स्थापित भैसकेको दाबी गर्नुभयो । कुनै एक पार्टीको एक्लै बहुमत नभएको देशमा संख्या भन्दापनि भूमिकामा ठूलो बन्न सक्ने राजनीतिक विशिष्टता चाहिने भन्दै स्थापनाको डेढ वर्ष नपुग्दै चुनावमा जादा समेत प्रतिनिधिसभा,राष्ट्रियसभा र प्रदेशसभामा ४३ सिट जित्न सफल समाजवादी अबको ठूलोका साथै राम्रो पार्टी हुनेमा आसंका नगर्न उहाँको सुझाव थियो । शुभकालिकामा हिजो समाजवादी बनाउनेहरुनै यतिबेला एमाले भनेर हिनेपनि आफुहरु विचार छोडेर व्यक्तिका पछि नलाग्ने र अब समाजवादीलाई विशाल पार्टी बनाउन अग्रसर हुने जिम्मेवार अगुवा कार्यकर्ताहरुको प्रतिबद्धता रहेको संस्थापक नेता जयबहादुर शाहीले जानकारी गराउनुभयो ।
एमाले किल्लामै समाजवादी लहर
तपाईको प्रतिक्रिया
दियो खबर । २२ चैत्र २०७९, बुधबार ०६:१५