कडुरी प्रोजेक्ट नेपाल
Kadoorie Charitable Foundation (KCF) एक गैर-लाभकारी संस्था हो जसले विश्वभरि परोपकारी परियोजनाहरूको विस्तृत श्रृंखलालाई समर्थन गर्दछ। तिनीहरूको पहलहरू मध्ये एक कडुरी परोपकारी परियोजना नेपाल हो, जसले नेपालका पिछडिएका समुदायहरूको जीवनमा सुधार गर्ने लक्ष्य राखेको छ।
कडुरी परोपकारी परियोजना नेपालले तीन मुख्य क्षेत्रहरूमा केन्द्रित छ: शिक्षा, स्वास्थ्य र दिगो जीविका। शिक्षाको सर्तमा, परियोजनाले विद्यालय र शिक्षक प्रशिक्षण कार्यक्रमहरूको लागि कोष प्रदान गर्दछ, साथै विपन्न बालबालिकाका लागि छात्रवृत्ति प्रदान गर्दछ। स्वास्थ्यको क्षेत्रमा, परियोजनाले ग्रामीण क्षेत्रमा मेडिकल क्लिनिकहरू र स्वास्थ्य सचेतना अभियानहरूलाई समर्थन गर्दछ। र दिगो जीविकोपार्जनको लागि, परियोजनाले कृषि, पशुपालन, र साना व्यवसाय विकासको लागि प्रशिक्षण र स्रोतहरू प्रदान गर्दछ।
कडुरी च्यारिटी प्रोजेक्ट नेपालले स्थानीय साझेदारहरूसँग मिलेर काम गर्दछ आवश्यकताका क्षेत्रहरू पहिचान गर्न र समुदायहरूले आफैंले कार्यान्वयन गर्न सक्ने दिगो समाधानहरू विकास गर्न। यस परियोजनाले नेपालमा पहिले नै महत्त्वपूर्ण प्रभाव पारेको छ, हजारौं मानिसहरूको शिक्षा, स्वास्थ्य सेवा र आर्थिक अवसरहरूमा पहुँच सुधार गर्दै।
कालिकोटमा ब्रिटिश जर्नेल मर्विन ली कालिकोटमा सन् २०१४ मा आयका थिय। उहालाई मैले कर्णाली अनि बिसेस गरि रारा मन पर्छहोला भनि काठमाडौँबाट टोयाटा ल्यान्ड क्रुजर गाडीमा आफैले चलायर पोखरा, लुम्बिनी, सुर्खेत हुदै कालिकोट मान्म भित्याएको थिय। तेती खेर बाटो पिच भयको थियन। बाटोको छेउमा फलामका बार पनि लगायका थियन। यात्रीबस्नेको सीटबाट कर्णाली छलाङ्ग देखिन्थ्यो। अन्तर्राष्ट्रिय ड्राइभिङ इजाजतपत्र भयकोले र युद्ध क्षेत्रमा ड्राइभ गरेको मेरो सैन्य अनुभवको कारणले कर्णाली राजमार्ग कुनै चुनैती लागेन। म भन्दा जर्नेल ली उहाको ४ दसक लामो जागिर को दौडनमा धेरै देशमा काम गरी सक्नु भयको थियो। मैले यात्राको अन्तमा उहालाई कालिकोट नेपालको सबै भन्दा चट्टान भयको जिल्ला भनि सुनाउदा, उहाले आफ्नो जागिरको सिलसिलामा धेरै देशका खतरा उक्त ठाउँमा काम गरेको तर कर्णाली राजमार्ग संसारकै एक खतरनाक राजमार्ग भयको बताउनु भयको थियो।
हामी मान्मबाट बिहान रारा जाने योजना थियो। मैले बिहान उठी बिगन स्याटेलाइट फोन परीक्षण गरे अनि उपकरण र स्वास्थ्य सामग्रीहरु नियमित जाच गरे। लाय्न्ड क्रुजर् गाडी जी. बि. स. गेस्ट हाउसमा पार्किंग गरेको थिय। प्रतिमा चोक बुवाको निवासबाट बिहान गाडीको फस्ट परेड गर्न म गेस्ट हाउसमा पुगे । कता कता घरजस्तो लागेको थियो तर कसईलाई भनिन। मैले मनन गरे जीवन सबै समय र भाग्यको एक खेल रहेछ।
फर्किने क्रममा जर्नेलले आज हामीलाइ गाडीको आवसेक नपर्ने जनाउनु भयो। पछि उहाले बाटोमा देख्नु भयको गतिबिधि र उहाको कर्णालीका मानिस पर्तिको स्नेहले रारा को यात्रा भबिस्य लाइ संचय गरि हाम्रो गाऊ ठाना तिर जाने निर्णय गर्नु भयो। हामी प्रतिमा चोक अहिले “दिप रत्न कर्णाली हेअल्थ होस्पिटल” अब्स्तित भवन बाट सोझै ताडी तिर प्रस्तान गरेउ। ताडी बाट सिधा सालगाडी को ओरालो लाग्दै रारा झुलगे पुल तरी उकालो लागेउ।
बुवा दिप बहादुर शाही कालिकोटको लामो समय सम्म सभापति हुनुभायकोले धेरै मान्छे स्वागत गर्न आयका थिय। मर्वींन ली ले उकाली र ओराली अनि गाउको दुख महसुस गरि उहाको साथी माएकल कूदारी (खरबपति) लाई भनि कडुरी लाई कर्णालीम़ा काम गर्न सल्लाह दिनु भयको थियो। हाल कडुरीले कालिकोटका बिभिनन ठाउँहरुमा दिगो नमुना खानेपानी, झुलुंगे पुल, बिधालय, सोलार र स्वास्थ्य शिविर जस्ता योजनाहरुमा काम गर्दै आयका छ। एसको सम्पूर्ण श्रेय म़ जेनेरल मार्विन ली र कडुरी टोलिलाई दिन चाहँनछु।
आसा छ अरु कर्णालीमा काम गर्ने NGO हरुले कडुरी जस्तै काम गर्नेछन्। यदि तपाईंको गाऊमा कडुरीको कार्यक्रम आवसेक परेमा मलाई सल्लाह र सुझाबको लागि सम्पर्क गर्न सक्नु हुने छ।
दियो खबर । १७ चैत्र २०७९, शुक्रबार ०१:३२