आमा समूहलाई बैठक सामाग्री सहयोग

कालिकोट /नेपाल रेडक्रस सोसाइटीले आमा समूहहरुलाई बैठक समाग्री सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित समुदाय स्वास्थ्यका लागि एकिकृत पहल (इएसिएच) परियोजना अन्तरगत सान्नित्रिवेणी गाउँपालिकाका आमा समूहहरुलाई आवश्यक बैठक समाग्री सहयोग गरिएको हो । परियोजनाका पालिका संयोजक श्याम गिरीले फागुन १ गते एक कार्यक्रमकाबिच तीन वटा वडाका नौँ वटा आमा समूहलाई बैठक समाग्री सहयोग गरिएको जानकारी दिए । उनका अनुसार गाउँपालिका वडा नं ७, ८ र ९ मा स्वयंम्सेविकामार्फत आमा समूहलाई बैठक समाग्री सहयोग गरिएको हो । चार वर्षीय समुदाय स्वास्थ्यका लागि एकिकृत पहल (इएसिएच) परियोजना सन् २०२२ देखि सान्नित्रिवेणी गाउँपालिकामा लागू छ ।

तपाईको प्रतिक्रिया