सल्यानमा भीरबाट लडेर २ जनाको मृत्यु

सल्यान /  सल्यानमा भीरबाट लडेर छुट्टाछुट्टै स्थानमा २ जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका-६ रानागाउँकी अन्दाजी ५० वर्षीया कमला डाँगी र रोल्पाको गंगादेव गाउँपालिका-५ महानेटाका अन्दाजी ५० वर्षीय तुलाराम ओलीको भीरबाट लडेर ज्यान गएको हो ।

छत्रेस्वरीकी डाँगी मंगलबार दिउँसो करिब ३ बजेतिर घरबाट घाँस काट्न नजिकैको खोरबारे जंगलमा गएको बेला भीरबाट लडेकी थिइन् । उनी भिरबाट करिब २०० मिटर तल खसेकी थिइन भने, रोल्पाका ओली सोमबार सल्यानको बाग्चौर नगरपालिका ५ टाटके, रानीपोखरा मेला हेरेर घर फर्कने क्रममा नजिकैको कालीभीरबाट लडेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया