निःशुल्क कम्प्युटर तालिम उद्घाटन

कालिकोट / जिल्लाकाे खाँडाचक्र नगरपालिका १ मा ३ महिने निःशुल्क बेसिक कम्प्युटर तालिम उद्घाटन गरीएको छ ।उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटको आर्थिक सहयोग तथा डाइनामिक मल्टि टेक्निकल ट्रेनिङ्ग सेन्टरको सहजीकरणमा कार्यक्रम सुरु गरीएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको बार्षिक सिप विकास कार्यक्रम अन्तरर्गत ३ महिने निःशुल्क बेसिक कम्प्युटर तालिम सुरु गरीएको छ ।उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख हरिचन्द्र नेपालीको अध्यक्षता तथा जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाहीको प्रमुख आथित्यतामा कार्यक्रम सुरु गरिएको हो । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीे अहिलेको प्रविधि युग भएकोले कम्प्युटर शिक्षाको महत्व बढ्दै गएको र यसको प्रयोग सम्वन्धी सीप सिकाउनु आवश्क रहेको बताए। उनले आफुले पनि समन्वय गरेर केही सहयोग गर्ने बताए। कर्यक्रममा बोल्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख हरिचन्द्र नेपालीले कार्यक्रममा सहभागिलाई राम्रो संग सिकाएको कुरा सिक्न र व्यवाहारमा लागुगर्न अनुरोध गरे।कार्यक्रममा प्रशिक्षक ललित विष्टले कार्यक्रममा सहभागिलाई निरन्तर कक्षामा सहभागि हुन अपिल गर्दै आफुले सिकेका बेसिक कम्प्युटर सम्बन्धि सबै कुरा सिकाउने बताए। उक्त कार्यक्रममा डाइनामिक मल्टि टेक्निकल ट्रेनिङ्ग सेन्टरका संचालक जीवन राज देवकोटा, पत्रकार किरण अधिकारी, पुष्पराज भटराई लगाएत विद्याथिहरुको सहभागिता रहेको थियो

तपाईको प्रतिक्रिया