महावै गाउँपालिकालाई स्वास्थ्य सामग्री

कालिकोट / कालिकोट महावै गाउँपालिकाका स्वास्थ्य संस्थाहरूका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि र उपकरण सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले केही औषधि र आवश्यक सामग्री वितरण गर्नुभएको हो ।

उपकरणको माग गरेपछि मन्त्रालयले माग गरिएका समाग्रि गाउँपालिका लाई हस्तान्तरण गरिएको हो । मन्त्रालयले १५ वटा अक्सिजन सिलिन्डर , पिपि सेट, नेमोलाईजर मेसिन आवश्यक औषधि सहयोग गरेको छ ।

महावैले अहिले १५ शैयाको अस्पतालको सेवा ओदा फाउन्डेसनबाट दिरहेको अध्यक्ष खेमबहादुर सिंहले बताए । गाउँपालिकाका सवै स्वास्थ्य संस्थाहरूबाट सहज र सरल रूपमा नागरिकलाई सेवा दिन मन्त्रालयमा सो समाग्रि सहितको माग गरेको बताए ।

तपाईको प्रतिक्रिया