रुवाबाँसी गरेर जागिर पाइदैन् उप-प्रमुख : शाही

कालिकोट /खाँडाचक्र नगरपालिका मा सबै सेवाका (सुचना मा तोकिएका साँझेदारी ससर्त अनुदानका ) कर्मचारी लाई हटाउने निर्णय सबैको लागि न्यायोचित भएको उप-प्रमुख गणेशबहादुर शाही (आकाश ) लेदावी गरेका छन् । यसको मुल मर्म भनेको कर्मचारीको वैज्ञानिक  ब्यवस्थापन गर्नु हो । साँझेदारीमा सशर्त अनुदान मा तलब खाने कर्मचारीहरुले राज्य तथा नगरपालिका लाई ठगेर , अनुशासनहिन रुपमा तलब खाने काम नगर्ने प्रवृत्तिको अन्त्यको लागि यो कदम चालिएको हो । र चाहिने भन्दा तथा दरबन्दी भन्दा बढी कर्मचारीहरु कटौती गरि राज्यको रकम सदुपयोग गर्नु नै हो । सबै ले ३५ दिने सूचनालाई इमानदारीपूर्वक  कार्यन्वयन गरि समृद्ध नगरपालिका निर्माणमा सहयोग गर्नुको बिकल्प छैन । सम्पुर्ण करार सेवाका कर्मचारीहरुको करार सम्झौता रद्द भैसकेको अवस्थामा ३५ दिन भित्र विधि प्रक्रिया पूरा गरेर आवश्यक  कर्मचारी भर्ना गर्ने र आर्थिक कोषको पुनराबृती गरेर सबै लाई न्यायोचित तरिकाले ब्यवस्थापन गरिने छ । कोहि कोहि कर्मचारी ले संघीय मामिला मन्त्रालय को परिपत्र कै आधारमा हटाउन मिल्दैन भनेर रुवाबासी गरेका छन । हामी स्थानीय सरकार हो । यो परिपत्र को विपरीत  काम गरेका होइनौ । शसर्त अनुदानमा तलब भत्ता खाने गरि योग्य कर्मचारी ब्यवस्थापन गर्न लागेका हौ । शसर्त अनुदानको उचित सदुपयोग गर्न खोजेका हौ । यो अनुदान रोक्न खोजेका होइनौं  । राज्यलाई ठगेर तलब पकाउने , अनुशासनहिन काम गर्ने लाई बिस्थापन गर्न खोजेका हौ । ३५ दिने सुचना भै सकेपछि जवरजस्ती नगरपालिकामा काम गर्न खोज्ने , हाजिर लगाउन खोज्ने वा कोहि मनपरी रुपमा काम गरिरहेका छन भने तेसको जिम्मेवारी नगरपालिकाले तथा कार्यपालिकाले लिन नसक्ने कुरा जानकारी गर्दछु । कोहि नगरपालिकाका जन प्रतिनिधि तथा कर्मचारीले कोहि कसै लाई नगरपालिकाको काममा लगाएका छन भने स्वयं आफै जिम्मेवार हुनु पर्ने तथा काममा लगाउने जनप्रतिनिधि वा कर्मचारी ले त्यसको जिम्मेवारी लिनु पर्ने छ । त्यस्ता कर्मचारी हरुको तलब भत्ता निकासा नहुने कुरा जानकारी गर्दछु । आर्थिक बर्ष २०७९ मा विज्ञापन  द्वारा पदपूर्ति भएका करार कर्मचारीको हकमा पुन विज्ञापन हुने छैन । पछि पुन करार सम्झौता गरि निरन्तरता दिइने छ । सबै करारका कर्मचारीले विरोधका अनुचित काम नगरी अब हुने विज्ञापनको लागि तयारी गर्ने र आफ्नो क्षमता प्रस्तुत गरि फेरि योग्यता अनुसारको जागिर खान तयारी गरौ । यो राजनितिक आस्थाको आधारमा भन्दा पनि सक्षम कर्मचारी पदपूर्ति गरि नगरको बिकास गर्नु नै हो । र नगर लाई परेको आर्थिक संकट लाई न्युनिकरण गर्नु हो । कोहि कसैले बिरोध नगरी नगरको समृद्धि को यात्रामा साथ दिन हुन सबैमा अनुरोध समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया