रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद

रूकुम पश्चिम / नेकपा एमालेबाट रूकुम पश्चिमका दुई जना समानुपातिक सांसदका लागि छनाैट भएका छन् । प्रतिनिधि सभा सदस्यमा जिल्लाकाे चाैरजहारीका चन्द्रबहादुर बिकलाई पार्टीले छनाैट गरेकाे छ । उहाँ पार्टी केन्द्रीय सदस्यपनि हुनुहुन्छ । नेकपा माओवादी केन्द्रकाे पृष्ठभूमि भएका बिक नेकपा विघटन भएपछि एमालेमै रहनुभएकाे थियाे ।

त्यस्तै एमालेले कर्णाली प्रदेश सभामा रूकुम पश्चिमकि तुलसा मल्ललाई समानुपातिक सांसद बनाएकाे छ । मल्ल खस आर्य महिला तर्फ दुई नम्बरमा रहनु भएकाे थियाे । उहाँ अखिल नेपाल महिला संघ रूकुम पश्चिमकाे अध्यक्ष पनि हुनुहुन्छ । प्रत्यक्ष तर्फ जित हासिल गर्न नसकेपनि नेकपा एमालेले जिल्लाबाट २ समानुपातिक सांसद पाएकाे छ ।

तपाईको प्रतिक्रिया