सुर्खेत/ कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ को अधेरीखोलामा जेसीबी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घनामा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा तीन जना कर्णाली नदीमा बेपता भएका छन्। अन्य दुई जना घाइतेको भने उपचार भइराखेको छ। फुकोट कर्णाली हाइड्रोपावरको सुरुङ खनिरहेको ठाउँमा पानी जमेको निरीक्षण गर्न गएको जेसीबी फर्किने क्रममा दुर्घटना भएको हो।
दुघर्टना सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय चरित्र सार्की, वडा नम्बर २ बस्ने १६ वर्षीय युवराज बुढाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएपछि उपचारका लागि कालीकोट जिल्ला अस्पताल पुर्याइएका रास्कोट नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षीय मिलन शाहीको उपचारका क्रममा मृत्यु भएको छ।
जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमाखसेको छ। जेसीबी चालकसहित तीन जना बेपत्ता भएको कालीकोटका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक सुवराज बमले जानकारी दिनुभयो। दुर्घटनामा मृत्यु हुनेदेखि बेपत्ता सबै स्थानीय रहेको प्रहरीले जनाएको छ। चालक भने कर्णाली हाइड्रोपावरका कर्मचारी भएको बताइएको छ।
भावना शर्मा । २५ मंसिर २०७९, आईतवार ०४:४४