तारा एयरको जहाजमा चरा ठोक्कियो, मानवीय क्षतिबाट बच्यो

सुर्खेत / नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोकिएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले बताएको छ । दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ।

यद्यपि, जहाजमा सवारहरू भने सकुसल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना सवार रहेको थिए।

तपाईको प्रतिक्रिया