प्रदेश सभा( क)मा फराकिलो मतान्तरमा शाही निर्वाचित

सुर्खेत /नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् युवा संघ नेपालका अध्यक्ष नरेश शाही बाजुरा जिल्ला प्रदेशसभा(क)बाट निर्वाचित भएका छन् ।
शाहीले १० हजार ९७३ पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी निवर्तमान प्रदेश सांसदसमेत रहेका एमाले उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६३२ मत पाए ।
उक्त क्षेत्र सत्तारुढ गठबन्धन अन्तर्गत माओवादी केन्द्रको भागमा परेको यस क्षेत्रमा केन्द्रले कर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको थियो ।
अर्कोतिर एकीकृत समाजवादीले पनि बाजुराको यो क्षेत्र नछाड्ने भन्दै युवा संघका केन्द्रीय अध्यक्षसमेत रहेका शाहीलाई उम्मेदवार बनाएपछि दुुबै दलका उम्मेदवार मित्रवत प्रतिस्पर्धामा गएका थिए । कांग्रेसले एकीकृत समाजवादीका उम्मेदवार शाहीलाई समर्थन गरेपछि माओवादी केन्द्रका उम्मेदवार विश्वकर्मा भने निकै पछाडि परेका हुन् । विश्वकर्माले एक हजार ९८ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया