हुम्ला / हुम्ला जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने नव निर्वाचित सदस्यहरूको घोषणा र प्रमाणपत्र वितरण गर्ने कार्य भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक कार्यक्रम आयोजना गरेर सो कार्यक्रम गरेको हो ।
मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले प्रतिनिधि सभामा छिरिङ डम्डुुल लामा ( कार्चेन) र प्रदेश सभा (क) मा रणसिंह परियार तथा (ख) क्षेत्रमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई निर्वाचित भएको औपचारिक घोषणा गर्नुभयो ।
घोषणापछि मुख्य निर्वाचन अधिकृत सापकोटाले निर्वाचित सदस्य पदको प्रमाण पत्र समेत प्रदान गर्नु भएको हो । मङ्सिर १० गते शनिबार मतगणना कार्य सम्पन्न भएको भए पनि सो कार्यक्रम सोमबार गरिएको हो ।
भावना शर्मा । १३ मंसिर २०७९, मंगलवार ११:२९