रुकुम पश्चिम/ २९ हजार ८ सय ५० मतगणना हुदा नेकपा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले शर्माले १९ हजार ६ सय ९३ मत पाएका छन् ।भने नेकपा एमालेका नन्दराम देवकोटाले ४ हजार ९ सय ७ मत ल्याएका छन् ।
त्यसैगरी प्रदेश सभा (क) तर्फ वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका महेन्द्र केसीले ८ हजार ६ सय ३८ मत ल्याउँदा नेकपा एमालेका नारायणकुमार शाहले ३ हजार १ सय ६८ मत सहित पछ्याईरहेका छन् भने राप्रपाका बिनोद कुमार शाहले ४ सय ८१ ल्याएका छन् ।
प्रदेश सभा (ख) मा पनि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका राजकुमार शर्माले १० हजार ८ सय ४, एमालेका कर्ण बहादुर घर्ती मगरले ४ हजार ९ सय ७ मत प्राप्त गरेका छन् । रुकुम पश्चिममा एक लाख चार हजार २ सय ८० मतदाता रहेकोमा ६० हजार ५ सय २७ मत खसेको थियो ।
रुकुम पश्चिममा जनार्दन शर्मा अग्रता
तपाईको प्रतिक्रिया
भावना शर्मा । ८ मंसिर २०७९, बिहीबार ०७:२९