जुम्ला / जुम्ला प्रदेश (२) नेकपा (एमाले) का टेकराज पछाई विजयी भएका छन् । गठबन्धनका उम्मेदवार पदमबहादुर रोकायालाई पछि पार्दै पछाई विजयी हुनुभएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पछाईले ७ हजार ८ सय २७ मत प्राप्त गरेर विजयी हुनुभयो । पछाईले गठबन्धनका रोकायालाई एक हजार ११२ मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।
उहाँका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका पदमबहादुर रोकायाले ६ हजार ७ सय १५ मत प्राप्त गर्नुभएको हो । प्रदेश (२) मा कुल खसेको २० हजार ६ सय २८ मत थियो । जसमा नेपाली कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले ४ हजार १ सय ६५ मत प्राप्त गर्नुभयो ।
भावना शर्मा । ७ मंसिर २०७९, बुधबार १३:१७