कालिकोटको रास्कोटमा सबै घरको निशुल्क बिमा

कालिकोट/जिल्लाको रास्कोट नगरपालिकाले नगरभित्रकाद सबै घरहरुको निशुल्क बिमा गर्ने तयारी गरेको छ । रास्कोट नगरपालिका प्रमूख धर्मराज शाही पोषणले नगरपालिका भित्रका करिब ३ हजार घरहरुको बिमा गर्ने तयारी गरिएको बताए । बाढी, पहिरो, भुकम्प लगायतका प्राकृतिक प्रकोपबाट हुने क्षेतीबाट कम गर्न सबै घरहरुको बिमा गर्ने तयारी गरेको हो ।
बाढी, पहिरो, भुकम्प लगायतका प्राकृत प्रकोपमा परी नागरिकको घर भत्किए प्राबिधिकको मुल्यांकनका आधारमा न्यूनतम ५० हजारदेखी ५ लाखसम्म रकम पाउने गरी सबै घरको बिमा गर्न लागिएको हो । नगर प्रमूख शाहीले भने, बर्षेनी बाढी, पहिरो लगायतका प्राकृति प्रकोपले रास्कोटमा धेरै जनधनको क्षेती हुँदै आएको छ । सरकारले राहत स्वरुप धेरै रकम यसमा पनि खर्चिदै आएको छ । बिमा गर्दा नागरिकले सहुलियतमा राहत पाउनेछन् । यो पहाडी क्षेत्रमा निकै उपयोगी हुनेछ ।
यही कात्तिक २३ गते डोटी केन्द्र बनाएर आएको भुकम्पले कालिकोटमा पनि निकै धक्का दिएपछि रास्कोट नगरपालिकाले कार्यपालिका बैठक बसाली तत्काल रास्कोटका सबै घरहरुको बिमा गर्ने प्रस्ताव पारित गरेको हो । नगरपालिकाका मेयर शर्मराज शाही पोषणले कार्यपालिकामा राखेको प्रस्ताव सबै सदस्यहरुले सर्बसहमत पारित गरेपछि तत्काल बिमा प्रक्रिया अगाडी बढाईएको नगर प्रवक्ता धनबहादुर धामीले बताए । उनका अनुसार नगरले सबै घरधुरीहरुको सम्पती बिमा गर्ने छ । उक्त सम्पती बिमा बापत लाग्ने प्रिमियम नगरपालिकाबाट बेहोरीनेछ । जसबाट कुनै पनि प्राकृतिक प्रकोपमा परी घर भत्किए बिमाबाट हरेक नागरिकले क्षेती पुर्ति पाउनेछन् ।
जिल्लामा यस अघि कुनै पनि नागरिकहरुले घरको बिमा गरेका छैनन् । स्थानिय सरकारले पनि यसको प्रयोग गरेका थिएनन् । रास्कोटले नागरिकको घर बिमा सुरुवात गरेको छ । रास्कोट नगरपालिका वडा नं. २ का गणेश सिम्खाडाले भने, नगरपालिकाले ल्याएको घर बिमा कार्यक्रम निकै उपयोगी छ । यसलाई जिल्लाका सबै स्थानिय तहले पनि अवलम्बन गर्नुपर्छ । जिल्लामा बर्षेनी बाढी र पहिरोबाट सयौँ घरहरु भकिने समस्या छ । यस बर्ष मात्रै जिल्लामा बाढी र पहिरोबाट २ हजार ५ सय घरहरु भत्किएको प्रशासनमा तथ्यांक छ । यो समाचार मा छ ई-कर्णाली खबर

तपाईको प्रतिक्रिया