कालिकोट/ नेकपा (एकीकृत समाजवादी) कालिकोटका अध्यक्ष तथा प्रदेश (ख) का उम्मेदवार विश्वराज बमले एकजुट भएर चुनावी मैदानमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएका छन्।
प्रदेशका (ख) का जनताको घर दैलोमा पुगेर राष्कोट नगरपालिका पुगेका बमले जितको नजिक पुगिसकेको दाबी गरेका छन्।
साथै उनले (ख) प्रदेशमा एकीकृत समाजवादीको प्रत्यक्षतर्फका उम्मेदवार विश्वराज बमलाई सहयोग गर्ने शक्तिसँग चुनावी गठबन्धन गर्ने बताएका छन्।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तुलाराज सिम्खडाको प्रमुख आतिथ्यतामा सम्पन्न नगर कमिटी बैठकमा प्रदेश कमिटी सदस्य तथा राष्कोट नगरका उपप्रमुख मनिराज बराल, प्रदेश कमिटी सदस्य चन्दबहादुर शाही, प्रदेश समानुपातिकतर्फकी उम्मेदवार दुर्गा शाही लगायतको उपस्थिति रहेको थियो।
हामी जितको नजिक पुगेका छौं: बम
तपाईको प्रतिक्रिया
दियो खबर । २६ कार्तिक २०७९, शनिबार १४:३२