सुर्खेत/ नेकपा एमालेले भोलि कात्तिक २७ गते कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा बृहत् चुनावी जनसभा गर्ने भएको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी आयोजना हुने सभालाई एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
चुनावी सभामा उल्लेख्य मात्रामा जनसहभागिता हुने एमाले कालिकोटले जनाएको छ।
जनसभामा चर्चित लोक गायक बद्री पंगेनीसहितका कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत हुनेछ। एमाले का नेता पुर्व मन्त्री प्रेमबहादुर सिंह,पुर्व कृषि मन्त्री कुर्मराज शाही ,केन्द्रीय सदस्य नगिन्द शाही (नेसनल )लगायतका नेताहरूले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष ओली निर्वाचनअघि देश दौडाहामा छन्। स्थानीय चुनावभन्दा ६ प्रतिशत मत बढाउने लक्ष्यसहित एमालेले देशव्यापी चुनावी अभियानलाई तीव्र पारेको छ।
ओली भोलि कालिकोट आउँदै
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २६ कार्तिक २०७९, शनिबार १४:२३