निस्ता कार्की /नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीसँग आगामी मंसिर चार गते हुने निर्वाचनमा जनतासँग मत माग्ने नैतिकता नभएको बताउनुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनले कालिकोटको मान्ममा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै प्रचण्डले २०७४ सालमा एमालेसँग तालमेल र पार्टी एकता गर्दा केपिमा सुधार आएको भन्ठानेपनि ओलीले एम्बुस थापेर बसेको पाइएको बताउनुभयो ।
‘उहाले नेपाली जनताको त्याग र तपस्याबाट प्राप्त संविधानलाई च्यात्न एम्बुस थापेर बसेका रहेछन् । दलित, महिला, जनजाती तथा पिछडिएका वर्गले नयाँ संविधानमार्फत पाएको अधिकार खोस्न चाहेका रहेछन् । त्यसैले दुइ दुई पटक प्रतिनिधि सभा भंग गराए ।’ प्रचण्डले भने, ‘यस्ता काम गर्ने ओलीलाई अब मत माग्ने कुनै अधिकार छैन । प्रचण्डले कर्णालीलाई आगामी बन्ने गठबन्धनको सरकारले देशैभरमा पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो ।
‘कर्णाली करिडोरको स्तरोन्नती गर्छौं । फूकोट जलविद्युत आयोजनालाई चाँडै सम्पन्न गराउँछौं ।’ उहाले भन्नुभयो, ‘कर्णालीलाई बजेटमा पहिलो प्राथमिकता दिन्छौं र कर्णालीमा सबैभन्दा पछि परेको कालिकोटलाई विशेष प्राथमिकता दिएर बजेट निर्माण गर्छौं ।’अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशको सफल मुख्यमन्त्री महेन्द्रबहादुर शाही भइसकेको बताउँदै आगामी निर्वाचनमा उनलाई जिताए क्याविनेट मन्त्री बनाउने आश्वासन समेत दिनुभएको छ ।
अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसका तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालासँग शान्ति सम्झौतामा हस्ताक्षर गर्दा कोइरालाले लालसलाम भनेको र आफूले जयनेपाल भनेको स्मरणसमेत गरे । उनले अहिलेको गठबन्धन शान्ति सम्झौताको निरन्तरता रहेको बताउनुभयो ।
पूर्व मुख्यमन्त्री शाहीलाई क्याविनेट मन्त्री बनाउने प्रचण्डको घोषणा
तपाईको प्रतिक्रिया
दियो खबर । २२ कार्तिक २०७९, मंगलवार १८:३९