जितको सम्भावना बढ्दै गएर उत्साहित छु -बम

कालिकोट /नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) बाट कालिकोट प्रदेशसभा(ख)का प्रत्यक्ष उम्मेदवार विश्वराज वमले चुनावमा जितको सम्भावना देखेर आफू उत्साहित भएको दाबी गर्नुभएको छ ।
आफुले अध्ययन गरेका यसअघिका धेरै चुनावी माहोल भन्दा यसपटक आफू उम्मेदवार भएर चुनाव उठ्दै गर्दाको माहोल अत्यन्तै उत्साहजनक रहेको उहाँको भनाइ छ ।
आज बिहान नेपालपहरा शीत कुरा गर्दै उम्मेदवार वमले भन्नुभयो ” मैले निर्वाचन जित्ने थुप्रै कारणहरु देखिएका छन् । विशेषगरी मेरो पार्टीको सांगठनिक मत जति छ त्यसैको जगमा टेकेर त्यसैमा थुप्रै मतहरु थपेर म निर्वाचन जित्न सफल हुनेछु । ”
आफुलाई योग्य ठानेर पार्टीले गठबन्धनका उम्मेदवार बिचमै मित्रवत प्रतिस्पर्धामा अघि सारेको भन्दै आफुप्रति गठबन्धन दलका शुभेच्छुक जनसमुदायका साथै गठबन्धन भन्दा बाहिर रहेका पार्टीका आस्थावान शुभेच्छुक जनसमुदाय समेतको सहानुभूतिका मत थपिनेमा विश्वस्त रहेको उहाँको भनाइ छ ।
भर्खरै सम्पन्न जिल्ला कमिटी बैठकले प्रतिस्पर्धामा अघि सर्न आफुलाई मार्ग प्रशस्त गरिदिएको भन्दै उम्मेदवार वमले चुनावी अभियानमा जनसमुदायबाट देखिएको माया र सद्भभावलाई जोगाउदै अझै उहाँहरुको मनमनमा बसेर थप माहोल सृजना गर्ने दाबी गर्नुभयो । कालिकोटे जनताले विकास र समृद्धिको अपेक्षामा धेरै पटक थुप्रै जना उम्मेदवार निर्वाचित गरेपनि आफ्ना सपना साकार नभएर मतदान गर्ने इच्छा समेत कम हुँदै गएकोमा आफू निर्वाचित भएमा सबै उम्मेदवार एकै नासका नहुने रहेछन् भन्ने पुष्टि गरेर देखाउने उहाँको भनाइ छ ।
निर्वाचित भएर गैसकेपछि अर्को पटक फेरि पनि जनताको घर दैलोमा पुग्नपर्ने अवस्था आउँछ भन्ने सम्झिदै जनताले छिछि गर्नुपर्ने गरेर काम नगरिने भन्दै विशेषगरी प्रदेशसभा निर्वाचन क्षेत्र(ख)मा विकासका पूर्वाधार निर्माणमा ऐतिहासिक योगदान दिदै सुशासन र रोजगारी सृजनामा आफु सक्षम हुने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया