कालिकोट /नेकपा एकीकृत समाजवादीले प्रदेश सभा (ख) मा चुनावी कमान्डरमा धिर बहादुर विष्टलाई तोकेको छ।शुक्रबार सदरमुकाम मान्ममा पार्टी अध्यक्ष एवं प्रदेश सभा ख का उम्मेदवार विश्वराज बमको अध्यक्षतामा बसेको बैठकलेविभिन्न निर्णय गरेको छ।बैठक पार्टीका केन्द्रीय कमिटी सदस्यहरु तुलाराज बिष्ट, तुलाराज सिम्खाडा र बिजया बिष्टका साथै प्रदेश कमिटी सदस्य एवम् जिल्ला कमिटी उपाध्यक्षद्वय चित्रसिंह गाउँले र कमलबहादुर शाही, प्रदेश कमिटी सदस्य मनिराज बराल, धीरबहादुर बिष्ट, चन्द्रबहादुर शाही, दुर्गा शाही न्यौपाने, दन्त बहादुर बम, दानबहादुर विक लगायतले विकसित राजनीतिलाई ठोस् विश्लेषण गरेर अघि बढ्ने धारणा राखेका थिए।
कालिकोट जिल्लाको प्रदेशसभा (ख) मा प्रत्यक्षतर्फका उम्मेदवार एवं पार्टी अध्यक्ष बम र संघीय समानुपातिक उम्मेदवार विजया बिष्ट र प्रदेशसभा समानुपातिक उम्मेदवार दुर्गा शाही न्यौपानेलाई कलम चिन्हमा मतदान गर्न कालिकोटबासीलाई आग्रह गरेको छ। त्यस्तै अध्यक्ष बमको नेतृत्वमा वार्ता र सम्वाद जारी खाने, चुनावी सहकार्यका लागि प्रदेश (ख) मा मौन या खुल्ला सहमति गर्ने निर्णय गरेको पार्टी उपसचिव दानबहादुर सहकारीले जानकारी दिएका छन्।
बैठकले संविधान रक्षा, संसद बचाउने र लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिएको शक्तिलाई मतदान गर्न आफ्ना मतदातालाई अनुरोध गरेको छ।
प्रदेश सभा (ख)को चुनावी कमान्डरमा-विष्ट
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १९ कार्तिक २०७९, शनिबार ०८:५९