संघको भौतिकमन्त्री हुन्छु उपल्लो कर्णालीको विकासको नेतृत्व गर्छु-पुर्व मुख्यमन्त्री शाही

कालिकोट / नेकपा माओवादी केन्द्रका कर्णालि प्रदेशका प्रभावसालि युवा नेता पोलिटब्युरो सदस्य तथा कर्णालिका प्रथम मुख्यमन्त्री महेन्द्र शाही अहिले कालिकोटबाट तेस्रो पटकका लागी चुनावि मैदानमा  छन । आसन्न मंसिर ४ को निर्वाचनमा  बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका शाही यस अघि ७० मा संबिधान सभामा   जितेर उर्जामन्त्रि भए पछी दोस्रो कार्यकाल प्रदेस सभामा जितेर कर्णाली प्रदेसको  मुख्यमन्त्रि भए पछी कालिकोटको बिकासमा पन्चायतमा धर्मदत्त उपाध्याय पछी उनको अहम भुमिका कायम भएको मानिन्छ । अहिले तेस्रो पटक संघिय प्रतिनिधिसभाका लागी बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका शाहीलाई माओवादी पार्टी अध्यक्ष प्रचण्डले  ईमान्दार र सरल युवाका रूपमा चिन्ने गर्छन । उनले मंसिर ४ पछि गठन हुने सरकारमा प्रचण्डले महेन्द्र शाहीलाइ मन्त्रि बनाउने  चर्चा गठबन्धनभित्र छ । राजनितिमा भाग्यमानि र ईमान्दार लगनशिल नेताका रूपमा चिनिने शाही यस पटक पनि कांग्रेस माओवादीको भारि मत लिएर बिजयी हुने पक्का जस्तै देखिएको छ ।शुक्रबार उनकै गृह पालिका पचालझरनामा बाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको सयुक्त चुनावी सभालाइ सम्बोधन गर्न पुगेका शाहीले  मंसिर ४ पछि बाम लोकतान्त्रिक गठबन्धनको नेतृत्वको सरकार बन्ने र त्यसमा आफ्नो सहभागिता रहने  र कर्णालिको बिकासका लागि आफुले पावरफुल मन्त्रि समाल्ने र  उपल्लो कर्णालिको थप बिकासमा टेवा पुर्याउने  दाबि गरेका छन । एक फरक प्रसंगमा उनले उपल्लो कर्णालिको बिकासका लागि देशको अर्थ या भौतिक पुर्वाधार बिकास मन्त्रि हुनु पर्ने उनले बताए  कालिकोटको पहुच संघिय सरकारमा रहने संकेत गरेका शाहीको त्यो स्तर र हाईट बनी सकेकाले महेन्द्र शाही गठबन्धनको साझा उम्मेद्ववार रहेको  दाबि रहेको छ ।सभामा बोल्ने गठबन्धनका अन्य नेताहरूले पनि यस्तै  बताए  । दुई पटक निरन्तर जितेर  संघिय सरकारको उर्जा मन्त्रि र पछिल्लो पटक कर्णालिको मुख्यमन्त्री भएर जिल्लाको बिकासको सवालमा योगदान गरेका शाही अहिले पनि बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार रहेकाले जित सुन्श्चित र  मंसिर ४  पछि हुने सरकारको मन्त्रि हुने दाबि गरेका छन । बिजयी हुने र संघिय सरकारको प्रभावशालि मन्त्रालय समाल्ने दाबि  कांग्रेस नेता दमन ब शाहीले पनि  गरेका छन  ।  संघिय प्रतिनिधि सभाका लागी   एक मात्रै सिट रहेको कालिकोटमा संघिय प्रतनिधिसभाका लागि  उम्मेदवार रहेका  शाही जिल्लामा चुनावि कार्यक्रम अन्तरगत जिल्लाभर अभियानमा रहेका छन।सभामा  बोल्दै शाहीले कालिकोट माओवादीले एक्लै जित्ने जिल्ला भएको  र त्यसमा दोस्रो ठुलोमतभार रहेको दल कांग्रेस मिल्दा चुनावको परिणाममा नराम्रो नतिजाको  चिन्ता र भ्रममा  नप्रन अनुरोध गरेका छन ।  अहिले एमालेबाट बिभाजित एकीकृत समाजवादी ,नेपाली कांग्रेस , नेपाल समाजवादी , जनमोर्चाको गठबन्धन रहे पनि प्रदेशमा समाजवादी अलग देखिएको छ ।कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन र सबैको साझा उम्मेदवार हिक्मत  बिष्ट  रहेकाले बिजय शुनिश्चित हुने दाबि गरेका शाहीले पार्टी भित्रका सबै अन्तरबिरोध थाति राखेर निर्वाचन जित्ने  र कालिकोटको बिकास महेन्द्र शाहीकै नेतृत्ववाट सम्भव हुने अर्का कांग्रेस नेता मोतिराज बमले दाबि गरे । कालिकोटमा अहिले देखिएका आफ्ना प्रतिद्ववन्दीलाइ चुनाव जित्ने सपना नदेख्न भन्दै कांग्रेस नेता प्रदेस  ख का प्रत्यक्ष उम्मेदवार हिक्मत बिष्टले ब्यवस्थाको स्थायीत्वका लागि गठबन्धनको सरकार बनाउन गठबन्धन बनेको बताउनु भयो । कांग्रेस पुर्व कालिकोट  सभापति हर्ष बम, रेडियो नेपाली आवाजका अध्यक्ष  अशोकनाथ योगी  समानुपातिक उम्मेदवार भावना शाही , छाया सुनार  माओवादी नेताहरू जीवन बुढा, बिष्णु बिक यसोदा न्यौपाने   कालि ब महतारा  नेपाल समाजवादीका संघिय परिषद सदस्य लक्ष्मि भट्टराई , समानुपातिक उम्मेदवार दान ब सहकारी  लगाएतले सम्बोधन गरेका थिए ।
सभामा बोल्ने अधिकांस दुबै दलका नेता स्वतन्त्र उम्मेदवार कासि बराल र लक्ष्मण बम बिरूद्व खनिएका थिए ।बिगतमा यही पार्टीबाट टिकट दिएर माओवादीको लोगोबाट पालिका प्रमुखको जिम्मेवारी दिएको भन्दै अहिले स्वतन्त्त्रको नौटंकी गरेका कारण पार्टीले कार्वाही गरिसकेको बताए,    आफ्नै पार्टीभित्रबाट स्वतन्त्र उम्मेदवार रहेकाहरू प्रति बढी केन्द्रित भएका  शाहीले स्वतन्त्रले पैसा बितरण गरेर जनतालाइ भ्रम पार्न सक्ने भन्दै   युवाहरू  भ्रममा नप्रन अनुरोध गरे । स्वतन्त्रको भुमिका र गन्तव्य केही हुदैन भन्दै नेता शाहीले जितेका स्वतन्त्रको पनि भबिस्य नरहेको भन्दै शाहिले स्वतन्त्र उम्मेदवारका  पछि लाग्ने युवा राजनितिक ठगीमा पर्ने बताए ।पार्टीबाट जितेका संसदमा पुगे  मन्त्रि हुन्छन प्रधानमन्त्रि हुन्छन स्वतन्त्रको संसदमा भुमिका केहि नहुने भन्दै नेता शाहिले कतै बाट स्वतन्त्रले  जिते पनि संसदको जागीर खाएर पछाडी रोस्टममा बसेर आउछन मन्त्रि हुदैनन् जिल्लाले धोका पाउने शाहिको तर्क छ  । स्थानिय सरकारको जस्तोसंघ र प्रदेशमा नहुने भन्दै  बहुमत ल्याउने दलहरू मिलेर सरकार हुने हुदा   आफू जिते मन्त्रि हुने र जिल्लाको बिकासमा लाग्ने उनले बताए  ।

तपाईको प्रतिक्रिया