सुर्खेत /पछिल्लो समय चिया पसल, चौतारी देखि घर-घरमा कुर्मराज शाहीको निकै चर्चा चलिरहेको छ।
नेकपा एमाले कालिकोट जिल्ला निर्वाचन क्षेत्र (१) प्रदेश ( क) प्रदेशसभा सदस्यका उम्मेदवार समेत रहेका पुर्व कर्णाली प्रदेशका कृषि मन्त्री कुर्मराज शाहीले कालिकोट जिल्ला निर्वाचन क्षेत्र १ प्रदेश (क)को विकासका लागि नेकपा एमालेले जित्नु पर्ने बताएका छन् । कर्णाली प्रदेशको ६ महिना मात्र कृषि मन्त्री हुदा जनताहरुको केही समस्या र आवश्यकता पुरागरेको भन्दै अहिले चर्चामा छन् ।कालिकोट जिल्लामा विद्यार्थी काल देखि नै राजनीति गर्दै आएका शाही जनताको दु:ख र शुखका सार्थी हुन्। आउदो मंसिर ४ गते हुने प्रदेश सभाको सदस्य निर्वाचनमा कालिकोट निर्वाचन क्षेत्र-१( क) बाट एमालेको उम्मेदवारका रूपमा आफ्नो प्रतिवद्धतापत्र साथ मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिदै छन् ।
गोठाले देखि किसान, युवा देखि वृद्ध, शिक्षक देखि विधार्थि, महिला देखि सिमान्तकृत वर्ग एंव वुद्धिजीवि देखि साधारण मतदाताका घर घरमा पुगेर जनताका समस्या बुझ्दै शाहीले अब सधैं जनताको सुख दु:खमा रहने र जनताको शासक होइन सेबक बन्ने प्रण गर्दछु भनि सुर्य चिन्हमा मत हाली बिजयी गराउन आग्रह गरेका छन।
घरदैलोमा शाही पुग्दा सबै मतदाता खुशि हुँदै आफ्ना दुखेसो उनि समक्ष राख्ने मात्रा नभैइ शाही बाट दुखेसो को समाधान हुने अपेक्षा राखेको र सो जिम्मावार आफुले पुरा गर्ने उम्मेदवार शाही ले बताए ।आफु छोटो कार्यकाल मात्र मन्त्रीको पद सहमाल्दा केही समस्या र आवश्यकता लाई पूरा गरेको र जनतनका अधुरा सपना पूरा गर्नेछ फेरि एक पटक अमुल्य मतदान गरि विजयी गराए पछि कर्णाली प्रदेश मन्त्री भएर सबै समस्याको समाधान गर्ने समेत बताए ।दियो खबर संग कुरा गर्दै भने म मेरो ६ महिना कृषि मन्त्री हुदा साना हुना हुन वा ठुला हुन कालिकोट जिल्ला प्रदेश (क) मा सेरि पान्तडि सडक,जुविथा खानेपानी ,चिलखाया खानेपानी ,फोइमहादेव सडक,खाँडाचक्र नगरपालिका -६ वटा चुलिमालिका सडक,दैलेख बाट शुभकालिका हाउडि सडक,महावै गाउँपालिका जोड्न सडक ,कोटदरबार ,सिचाइ कुलो ,सिचाइ पोखरी,हाइड्क नर्सरी ,जनता लाई गोठालो भत्ता,उत्कृष्ट कृषक लाई सुनको हलो जस्ता कार्यक्रम ल्याएका थिए अब निर्वाचित भए पछि कर्णाली प्रदेश को जुनसुकै मन्त्रालय भए पनि कालिकोट जिल्ला र प्रदेश क को विकास लाई तिब्रता दिने समेत बताए ।यदि हाम्रो पार्टी सत्तामा होस् वा प्रतिपक्ष मा होस् जनताको घरदैलो मत माग्न मात्र होइन निर्वाचित भए पछि पनि यसरी नै आउदै गरेको र फेरि पनि आउने समेत बताए ।
मंसिर चार गतेको निर्वाचन जीवन र मरणको लडाई भएको बताए । परिर्वतन चाहने र यथास्थितिबादी बीचको लडाई हो उनले भने नेकपा एमालेले हारे परिर्वतन हार्ने छ । नेकपा एमालेका प्रदेश सभा सदस्यका उम्मेदवार शाहीले मंसिर चारको निर्वाचन देशको भाग्य र भविश्य निर्धारण गर्ने माध्याम भएको बताए । यो हाम्रा सन्ततीको भाग्य र भविश्य निर्धारण गर्ने निर्वाचन हो उनले भने यो पटक नेकपा एमाले लाई जिताउन आवश्यक छ ।
प्रदेश(क)को विकासका लागि नेकपा एमालेले जित्नु पर्छ – पुर्व मन्त्री शाही
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १९ कार्तिक २०७९, शनिबार ०७:५३