आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न एकीकृत समाजवादी कालिकोटकोअनुरोध

शुक्रबार सम्पन्न जिल्ला कमिटीको नवौं बैठक मार्फत सो पार्टीले उक्त निर्णय गरेको हो । जिल्लाको प्रदेशसभा(ख)मा प्रत्यक्षे तर्फका उम्मेदवार पार्टी अध्यक्ष विश्वराज वम र संघीय समानुपातिक उम्मेदवार बिजया बिष्ट र प्रदेशसभा समानुपातिक उम्मेदवार दुर्गा शाही न्यौपानेलाई कलम चिन्हमा मतदान गर्न आग्रह गर्ने निर्णय भएको प्रदेश कमिटी सदस्य रवीन्द्र बहादुर शाहीले जानकारी गराउनुभयो ।

पार्टीका केन्द्रीय कमिटी सदस्यहरु तुलाराज बिष्ट,तुलाराज सिम्खाडा र बिजया बिष्टका साथै प्रदेश कमिटी सदस्य एवम् जिल्ला कमिटी उपाध्यक्ष द्वय चित्रसिंह गाउँले र कमलबहादुर शाही, प्रदेश कमिटी सदस्य मनिराज बराल,धिर बहादुर बिष्ट,चन्द्रबहादुर शाही,दुर्गा शाही न्यौपाने,दन्त बहादुर बम, दानबहादुर विक लगायतको विशेष उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

बैठकले पूर्व प्रदेश मन्त्री एवम् पार्टी केन्द्रीय सदस्य कुर्मराज शाही ले एमाले बाट उम्मेदवारी दर्ता गरेकोमा पार्टी पङ्तिलाई सामान्य समेत क्षति नभएको निष्कर्ष निकालेको छ । बैठकमा अधिकांश नेताहरूले केन्द्रीय गठबन्धन कायम राख्दै संघ र प्रदेशसभा(क)मा सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्दै प्रदेश(ख)मा मित्रवत प्रतिस्पर्धा गरिनुपर्नेमा जोड दिएका थिए । बैठकमा रिपोर्टिङ पेस गर्ने नेताहरुले सक्षम नेतृत्व हुनुको कारण वमले निर्वाचन जित्ने सम्भावना रहेकोमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया