काठमाडौं / हुम्लामा एक सुत्केरीको मृत्यु भएको छ ।
सुत्केरी भएको ६ घण्टापछि अदानचुली–५ करगाईकी २० वर्षीया रंगिता शाहीको मृत्यु भएको हो । सालनाल नखसेपछि सुत्केरी भएको छ घण्टापछि शाहीको मृत्यु भएको बताईएको छ ।
दुर्गम गाउँमा स्वास्थ्य चौकी नभएका कारण उपचार गर्न नपाउँदा सुत्केरीको मृत्यु भएको स्थानीय बलबहादुर शाहीले बताउनुभयो । शाहीको मङ्गलबार बिहान ६ बजे मृत्यु भएको हो । सोमबार मध्यराति रंगिता घरमै सुत्केरी हुनुभएको थियो ।
नजिकै स्वास्थ्य चौकी नभएको र गाउँमा पनि कोही स्वास्थ्यकर्मी नभएका कारण उहाँको मृत्यु भएको बलबहादुरले बताउनुभयो ।
सुत्केरी भएको ६ घण्टापछि मृत्यु
तपाईको प्रतिक्रिया
दियो खबर । १५ कार्तिक २०७९, मंगलवार १८:१२